डेंगू रोगको संक्रमणबाट इलामका ढकालको मृत्यु

0
265

झापा, डेंगू रोगको संक्रमणबाट इलाममा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका १ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् ।
उनको उपचारका क्रममा बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा निधन भएको मृतकका (ठूलो बुबा) का छोरा नरेन्द्र ढकालले जानकारी दिए ।

ढकालका अनुसार मृतक नारायणलाई अत्याधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवल शिक्षण अस्पताल पु¥याइएको थियो । तर, प्लेटलेटको संख्या ह्वात्तै घटेर उनको निधन भएको हो । श्रीमती मुना र दुई छोरी सलिना र समिक्षा ढकाल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here