आँखा उपचारका लागि एक करोड ७० लाख सहयोग

0
1

मोरङ,

कोशी अस्पताल विराटनगरमा आँखा उपचार सेवा सञ्चालनका लागि जापान सरकारले रु एक करोड ७० लाख बराबरको विभिन्न उपकरण सहयोग उपलब्ध गराएको छ ।

अस्पतालले नयाँ उपकरण उपलब्ध भएपछि वर्षौंदेखि आँखा उपचार सेवा रोकिएकोमा विगत तीन महिनादेखि आँखा उपचार सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि छ जना चिकित्सक र एक जना नेत्र सहायकसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको कोशी अस्पतालले जनाएको छ ।

जापान सरकारले उपलब्ध गराएको उपकरणको शल्यक्रिया थिएटर औपचारिक रुपमा नेपालस्थित जापानिज दूतावासका डेपुटी चिफ अफ मिसन तामुरा ताकाहिरोले आज उद्घाटन गर्नुभयो ।

जापान सरकारले उपलब्ध गराएको मेसिन अत्यधुनिक भएको र मोतिया विन्दु, जलविन्दुजस्ता आँखाका रोग सजिलै र सुलभ दरमा उपचार गर्न सकिने आँखा विभागकी प्रमुख डा आश्मा केसीले जानकारी दिनुभयो ।

विराटनगरमा निजी क्षेत्रका आँखा अस्पताल पर्याप्त भए पनि सरकारी अस्पतालमा भने आँखा उपचार सेवा उपलब्ध हुन सकेको छैन । आँखा उपचारका आधुनिक मेसिन उपलब्ध भएपछि गत साउनमा कोशी अस्पतालमा पाँच सय २४ जनाको आँखा उपचार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here