चौधरी परिवारद्वारा सहयोग

0
53

बुट्टाबारी ।

स्वच्छ समाजका लागि सामाजिक अभियान झापालाई अर्जुनधारा–११ का चौधरी परिवारले जग्गा खरिदका लागि रकम हस्तान्तरण गरेका छन् ।

दृष्टिविहीन तथा असहायहरुको लागि आवास निर्माणका लागि अर्जुनधारा–११ स्थित सालबारीमा दुई कठ्ठा सात धुर जमिन खरिद गरिएको अध्यक्ष गणेश ढुंगानाले बताए ।

टुटेफुटेका सिसा तथा प्लास्टिक संकलन गरेर बिक्री गरी आएको रकम संकलन गरेर जग्गा र घर निर्माणका लागि रहेको र जग्गाको १६ लाख तिर्न बाँकी रहेकोले हाल एक धुर एक व्यक्ति सहयोग कार्यक्रम सञ्चालनमा रहेको बताइएको छ ।

विश्वास कृषि फर्मका सञ्चालक एवम् युवा व्यवसायी डम्बर चौधरी एवम् धर्मपत्नी हिरा चौधरी र बुबा गणेश चौधरी–आमा लक्ष्मी चौधरीले पितृहरुको मोक्ष एवम् स्मृतिमा अभियानलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ रकम अभियानलाई जग्गा खरिदका लागि हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम पूर्व प्रअ बच्चेलाल चौधरी, गोपिचन्द्र खरेल, अभियानका बोलप्रसाद कोइराला लगायतले दाता चौधरी परिवारले गरेको सराहनीय कार्यप्रति धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव अभिचन्द्र बाँस्कोटाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here