बिर्तामोड ।
झापाामा पछिल्लो तीन महिनामा डेंगु सक्रमितको संख्या उच्च भएको पाइएको छ । गत भदौ महिनाबाट झापामा डेंगुको संक्रमण दर ह्वात्तै बढेको पाइएको छ ।
स्वास्थ्य कार्यालय झापाका सुचना अधिकारी चुण्डामणी लुईटेलले भदौ महिनामा एक सय ४३ जनामा डेंगु संक्रमणा भएको थियो भने असोज महिनामाा एक ८४ र कात्तिक २२३ गतेसम्मको तथ्याङ्कमा एक ७४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।
यस वर्ष झाापामा डेंगु संक्रमणच दरमा केही कमी आए पनि सर्तक हुनुपर्ने स्वास्थ्य कार्यालयले जनाइएको छ । स्वास्थ्य कार्यालय झापाले गत वैशाख महिनादेखि नै विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको र अझै जोखिम कायम रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी लुईटेलले जानकारी दिए ।
यस पटक भदौ महिनामा अत्याधिक गर्मी हुनुले पनि डेंगु संक्रमण फैल्याउने लामखुट्टेले लार्भा बनाउन नपाउँदा केही हदसम्म संक्रमण दर कम भएको जनाइएको छ । झापामा अझै पनि जोखिम कायम रहेकाले सर्तक बन्नुपर्ने चिकित्सकहरुको भनााई छ । नेपालीहरु चाडपर्व तिहार र छठ पर्वमा प्रयोग गरिने केराको दाम्चा र दियो बाल्न प्रयोग गरिएका पालामा जोखिम कायम रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी लुईटेलले बताए ।
उनले पूर्वाञ्चलसंग भने– हामीलाई समान्य लाग्छ, तर केराको दाम्चा र दियो बाल्न प्रयोग गरिने पालमा जमेका पानी नै डेंगुको संक्रमण फैल्याउने लाम्खुट्टेलाई लार्भा उत्पादन गर्न प्रर्याप्त बन्न सक्छ । केराको दाम्चा र पालालाई सरफाई गरेर बेलैमा ब्यवस्थापन नगरे जोखिम अझ बढ्न सक्ने भएकाले सचेत बन्न दुईटेलले सबैसंग आग्रह गरेका छन् । उनले भने– यो काात्तिक महिनादेखि मंसीर पहिलो साता सम्म जोखिम हुन्छ घर–घर मै जोखिम रहेकाले सबै सचेत बन्नुपर्छ ।
स्वास्थ्य कार्यालयले झापाका सबै स्थानीय तहहरुलाई डेंगुको जाोखिम तथा त्यसबाट बच्नका लागि विभिन्न कार्यक्रम मार्फत सचेत गराए पनि यस पटक स्थानीय तहले खासै चासो दिएको पाइएन् । डेंगु नियन्त्रणा अभियान औपचारिकतामा सिमित हुँदा राज्यको रकमको चरम दुरुपयोग हुने गरेको छ ।
अहिले प्राय अधिकाशं स्थानीय तहमा डेंगुका बाट संक्रमित विरामीको संख्या बढ्दै जाँदा समेत स्थानीय तह मौन जस्तै बनेका छन् । नागरिकको स्वाचस्थ्य प्रति स्थानीय तहले चासाो नदिएको भन्दै सामाजिक सञ्जालहरुमा स्थानीय तहको आलोचना शुरु भएको छ ।
मनिसको मृत्यु भएपछि मात्रै डेंगु नियन्त्रणाका लागि चासो दिए झै गरेका स्थानीय तहले नागरिकको स्वास्थ्य प्रति यस वर्ष चासो दिएका छैनन् । गत वैशाख महिनामाा १८ जनामा माात्र डेंगु संक्रमण देखिएको झापामा जेठमा २१ जना, असार महिनामा ४५ जना र साउन महिनाामा ४८ जनामा डेंगुको संक्रमणा देखिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका मानिस डेंगुको संक्रमणको जोखिममा रहेका छन् ।
यसैबीच अहिलेसम्म ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ भने गण्डकी प्रदेशमा मात्रै ५० प्रतिशत बढी संक्रमित फेला परेको सरकारको तथ्याङक छ । नेपालमा डेंगुको संक्रमण वर्षेनी बढ्दै गइरहेको छ ।
सरकारले नियन्त्रणका लागि अभियाननै चलाए पनि संक्रमण दर बढ्दो छ । अहिलेसम्म ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ भने गण्डकी प्रदेशमा मात्रै ५० प्रतिशत बढी संक्रमित फेला परेको सरकारको तथ्याङक छ । विगतको तथ्यांकका आधारमा हेर्दा वर्षेनी डेंगु संक्रमण बढिरहेको चिकित्सकहरुको दाबी छ ।