कांग्रेसद्वारा झापामा आजदेखि गाउँभेला शुरु

0
15

विर्तामोड ।

नेपाली कांग्रेसले गत असोज ७ गतेदेखि शुरु गरेको सयदिने विशेष सांगठनिक अभियान अन्तरगत झापामा आजदेखि गाउँभेला शुरु भएको छ । झापाका १५ पालिकामा वडाभेला अन्तिम चरणमा पु¥याएको नेपाली कांग्रेस झापाले आजबाट गाउँ/नगर भेला शुरु गरेको हो ।

कांग्रेस केन्द्रीय समितिको निर्देशन र नेपाली कांग्रेस झापाको गत मंसिर २ गते अभियानका लागि केन्द्रीय प्रतिनिधि दीपक गिरीको आतिथ्यमा सम्पन्न बैठकले मंसिर ११ गतदेखि पौष पहिलो सातासम्ममा वडा र पालिका भेला सम्पन्न गर्ने निर्णय गरेको थियो । सोही बमोजिम आज नेपाली कांग्रेस बुद्धशान्ति गाउँसमितिको गाउँभेला सम्पन्न भएको छ ।

अभियानका केन्द्रीय प्रतिनिधि दीपक गिरीले गाउँभेलाको उद्घाटन गर्दै बुद्धशान्तिका केही वडाको प्रमुख समस्याका रुपमा रहेको सुकुम्बासी एवं अब्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि पहल गर्ने र धनिपुर्जा वितरण कार्यमा सहयोग पु¥याउने आश्वासन दिनुभयो ।

पार्टीले सञ्चालन गरेका गतिविधिहरुलाई सामाजिक सञ्जाल र आइ.टि.मार्फत ब्यापक प्रचार–प्रसार गर्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । आन्तरिक निर्वाचनमा प्रतिष्पर्धा स्वभाविक भएपनि निर्वाचनपछि संगठनमा मेलमिलाप र अपनत्व ग्रहण गरेर हिड्दामात्रै संगठन बलियो हुने भन्दै उहाँले एकजुट भएर संगठनलाई बलियो बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

बुद्धशान्ति गाउँ समितिका सभापति चक्र शेर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, कोशी प्रदेश समिति सदस्य विमल आचार्य र रञ्जिता कार्की, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, जिल्ला प्रतिनिधि एवं १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, बुद्धशान्ति–४ का वडाअध्यक्ष शेरबहादुर रायलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

गाउँसमितिका उपसभापति मनिस दाहालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव मदन मगरले गर्नुभएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here