हातेमालो सहकारी सस्थाबाट पाँच दिने अवलोकन भ्रमण मिति २०८१]०१/२३ गते बिहान ५ बजेको समय तोकिए पनि हामी ६ बजे हातमालो बचत तथा ऋण सहकारीको कार्यालयबाट प्रस्थान गरियो । मुनाल कम्पनीको बस नं. ४१४१, चालक टेकबहादुर तिवारी, सहायक विष्णु ढुंगेल पाँच दिनको लागि हामीसँगै रहने कार्यक्रम तय भएको थियो । यात्रामा हामी पुरुष १४ जना र महिला १८ जना गरी जम्मा ३२ जना थियौं । यसमा ज्येष्ठ नागरिक रुद्रप्रसाद खनाल र सबैभन्दा कान्छो यात्रु गोमा निरौला यात्रामा रहनुभएको थियो ।
हाम्रो यात्रा दमक नपुगी पिसाबले च्यापो भनेर पछाडिबाट आवाज आयो । बाटो निर्माणको सिलसिलामा दुबैतर्फ खनिएको कारण भन्ने साथ गाडी रोकिएन । काने पोखरीमा रोकेर पिसाब पनि फेर्ने चिया नास्ता कसैलाई मन लागे गर्ने निधो गरेर यात्रा आगाडि बढाइयो । केही समयपछि हामी कानेपोखरी पुग्यौं । सबै जना बसबाट उत्रेर पिसाब फेर्नतिर लागियो । शौचालय रुगालोसँग केही साथीहरूको बाझाबाझ पनि भयो । दिसा गरेको रु.१० र पिसाब गरेको पनि रु.१० लिने रहेछन् । हाम्रा यात्रुको कुरा नाजायज थिएन । पिसाबको पाँच रुपैयाँ हुनुपर्ने थियो । केही साथीहरू नास्ता गर्ने भनेर चना आलु खानतर्फ लाग्नुभयो । खाइसकेर पैसाको कुरो गर्दा त रु. ८० (अस्सी) प्रति प्लेट ठटाएछन् ।
हाम्रा साथीहरू खाएको दुई–चार चना र दुई–चार चाना आलुको दाम रु.४० सम्म ठिकै हो । दोब्बरमा परियो भनेर पछुतो गरेको पनि सुन्नमा आयो । एकजना यात्रुलाई त तिमीले पैसा तिरेको छैनसम्म भन्न भ्याए । गएर पुनः कुराकानी भएपछि मात्र साम्मे भयो । केही साथीहरु भने हरियो मकै पोलेको खाने भनेर पोलेतर्फ लाग्नु भयो । म पनि त्यसैमा परेँ । त्यहाँबाट हामी ८.३० तिर अगाडि बढ्ने क्रममा जाँदाजाँदै इटहरीबाट केही पर गएपछि चताराको जाम शुरु भयो । यहीँबाट जाम शुरु भएपछि चतारासम्म कसरी बाटो काट्न सकिएला भनेर हामीले बाटोको रूट फेर्ने होकि भन्ने छलफल चले पनि बदलिँने कुराको टुङ्गो लागेन । आखिर हामी चतारा हँुदै नै जाने पक्का भयो ।
केही पर पुगेपछि यसो पानी पाउने नपाउने हेरेर बाटोमै पहिलो दिनको भोजन गर्ने भनेर बस बिसाइयो । समय हेर्दा १०ः३० भएको रहेछ । कोही पानी माग्नतर्फ कोही बसबाट सामान उतार्नेतर्फ लागियो । एउटा ग्यासबाट दुईवटा चुल्हा बल्ने व्यवस्था भएको पाइप भएको हुँदा भात–दाल–तरकारी अचार बन्यो । सबै यात्रुहरुले खाना खाएर भाडावर्तन सफा गर्दा हामी त्यहाँबाट १२ः१५ मा प्रस्थान गर्न भ्याइयो । खाना बनाउने कार्यमा प्रमोद पोखरेल, गंगा सिग्देल प्रमुख रुपमा हुनुहुन्थ्यो । अन्य महिला दिदीबहिनीहरुले सब्जी सुधारर्ने काम गर्नुभयो । सँगसँगै गीत बजाएर नाँच्न पनि दिदीबहिनी पछाडि पर्नु भएन । त्यसपछि धेरैजसो पिच बाटो नै दौडेर हाम्रो बस २ बजेतिर कटारी पुगियो । बसले इन्धन भर्ने काम गर्यो । त्यहाँबाट हामी कच्ची बाटो उकालो सामान्य ओरालो पनि बाटामा ओरालो मात्र होइन धुलोले टप्प पुरेका हामीले उठाउन नसक्ने ढुंगाहरु माथि गाडीको चक्का गुड्दा कस्तो भयो । आफै अनुमान गर्नुहोस् ।
कस्तो भयो होलाका बीच पनि गाडी गुडिनै रह्यो । हामी हलेसी पुग्दा बेलुकाको ८ः१५ भइसकेको थियो । हामी जम्मा यात्रुहरु ३२ जनाको मात्र हिसाब हँुदो रहेछ । चालक र सहचालकलाई होटलले छुट्टै व्यवस्था गर्दो रहेछ । हामी ३२ जना सुते वापत आठ हजार रुपैयाँ तय भयो । खान पकाउन भाडा मोल्न पनि पानी दिने सहमति भयो । हलेसीमा पानीको ठूलै सङ्कट रहेछ, होटल साहुले भन्दै हुनुहुन्थ्यो । पुरुष १४ जना तल्लो तलामा र महिला १८ जना पहिलो तलमा व्यवस्था मिलाइएको थियो । त्यो बेलुका पनि खाना बनाउन सहयोग गर्ने साथीहरु ऐजन ऐजन नै हो । उहाँहरुको काम देखेर वास्तवमा सबै यात्रुहरु नै खुशी व्यक्त गर्नुभएको महशुस गरँे मैले ।
बिहान ४ बजेबाटै यात्रुहरु उठेर नित्य कर्मतिर लाग्नुभयो । सबैभन्दा पहिलो उठ्ने अली बुढो भएर होकि मै परँे । म आफू कर्म सकेर मात्र अरुलाई उठाउँथेँ । अन्तिमतिर बाथरुम जाने साथीहरुले पानी पाउनुभएन । पानीको ज्यादै सङ्कट नै रहेछ । हलेसी महादेव मन्दिर विश्वकै प्राकृतिक तवरले बनिएको मन्दिर रहेछ । यसको सफाइको व्यवस्था होटलमा स्थानीय तहको निगरानी भए जस्तो देखिन मैले । बाटो साहै अव्यवस्थासँग चलेको एक पटक गएको यात्रु सबै खर्च सवारीसाधनको व्यवस्था गरिदिन्छु भन्दा पनि आउने आँट गर्नुभएन । यदि बाटो राम्रो भएको भए यस्तो कुरा सुन्नुपर्ने थिएन । यस सम्बन्धमा स्थानीय निकायको ध्यान जान जरुरी छ । यहाँको व्यवस्थापन राम्रो गर्न सके हलेसी बासीको जीवनस्तर अहिलेको भन्दा राम्रो हुने कुरामा दुई मत न होला ।
हाम्रो दोस्रो दिन २०८१÷०१÷२४ गते बिहान ७ बजेतिर हलेसी महादेवको दर्शनपछि तल रहेको शिवजीको गुफा पनि नजर गरियो । भित्तामा रहेको प्वालमा शङ्ख बजाउने कार्य पनि गरियो । त्यसै घुमेर प्रस्थान विन्दुमा आई होटलतर्फ लागियो । भेला हुन हामीलाई केही समय लाग्यो । सबै यात्रु आएपछि हामी त्यहाँबाट चरिकोटतर्फ प्रस्थान गरियो । बीच बाटोमा एउटा होटल रहेछ । त्यसैको छेउमा खाना पकाएर खाएर हिँड्ने काम भयो, बेलुका हामी कालिनाग होटल चरिकोटमा बास बसियो ।
२०८१÷०१÷२५ गते बिहान भिमेश्वर महादेव मन्दिर दर्शनमा गइयो । धेरै पुरानो मन्दिर, जबजब देशमा ठूला घटनाहरु हुनुअघि यस मन्दिरमा रहेको मूर्तिमा पसिना आउँछ भन्ने सुनियो । पहिला सुनेको थियो, आज प्रत्यक्ष हेर्ने मौका मिल्यो । कति पुरानो भनेर सोद्धा माहाभारतकालीन मन्दिर भन्ने त्यहाँका बासिन्दाको भनाइ आयो । हामीले पनि विश्वास ग¥यौं । मन्दिर दर्शनपछि आएर भान्सा गरेर हामी मिलीजुली सहकारी अवलोकतर्फ लाग्ने काम भयो । सहकारी अवलोकनपछि हामी कालिञ्चोक भगवती दर्शन हेतु चरिकोटमा बास बसेको होटलको शाखा होटल कुरी भन्ने स्थानमा रहेछ । त्यहाँ लगेर हामीलाई बिसाउने काम भयो । हामी कुरी पुगेपछि पानी पनि आयो आंशिक रुपमा हिउँ पनि प¥यो । पछि पग्लेर थोप्ला थोप्लीमा पानीमा परिणत भयो । जाडो खुबै भयो । भित्र आफ्नो बर्काे, त्यसपछि हलुका सिरक त्यसमाथि कम्बल ओढ्दा पनि जिउ तातेन ।
१२ बजेसम्म हामी रुद्र वा म निदाएका थिएनौं । पछि मात्र निदाइयो । बिहानको नित्य कर्म सकेर सबै यात्रुहरु पलान्चोक भगवतीको दर्शन गर्न प्रस्थान गरियो । एक कि.मि. जति हिँडेपछि केवलकार भएको ठाउँमा पुगियो । छ सय रुपैयाँ तिरेपछि जातेआते यात्रा हुँदोरहेछ । त्यहाँबाट केवलकारले उतारेपछिको यात्रा मलाई र मेरी घरकीलाई अली कठिन भयो । उभो जाँदा साथीहरुले सहयोग गरेर र टंक सरले पनि सहयोग गरेर चुलीमै पुगियो । फर्कदा भने सुभाषजीले सहयोग गर्नुभयो । केवलकारबाट झरेपछि पनि एउटा पिकअप भेटेर होटलसम्म हामी सजिलै आइयो । त्यो दिनको खाना हामीले कुरीमै खाएर चरिकोट पुरानो होटलमा बास बसियो । यो मिति २०८१÷०१÷२६ गतेको कुरा हो । यो पटक भने मलाई सिंगल रुम मिल्यो । फेरि म अलि मोटो भएको हुनाले निद्रामा घुर्दो रहेछु । अलीअली त सबै मान्छे घुर्छन् । जिउँदा मानिसले नै घुर्ने हो भन्ने कथन पनि छ ।
२७ गते यात्राको पाँचौं दिन अन्तिम दिन चरिकोटबाट ६ बजेतिर हाम्रो फिर्ती यात्रा शुरु भयो । यात्राको क्रममा फोटो खिच्दा मानिस घट्दै जाने हो भने ७५% यात्रुहरुको स्वरुप मात्र रहने थियो । कति जना यात्रुहरु बीचबाट यहाँ पनि जाने उहाँ पनि जाने भन्नुहँुदोरहेछ । त्यसै पनि हाम्रो यात्रा त ओखलढुङ्गासम्मको थियो । ओखलढुगा रद्द भएपछि जिरी जानुपर्छ भनेर त मैले पनि कुरा राखेकै हो । अन्यत्र जाने कुरा त सम्भव नै नहुने किनभने बस रुट थिएन । पटके काट्नुपर्ने भन्न खोजेको हो । बाटोमा दिदीबहिनी छोरीहरुले अविरल रुपमा भजन, अन्ताक्षरी साथ साथमा बसभित्र पनि नृत्य गरेर सबैलाई रमाइलो बनाउनुभयो । यात्रामा गायनलाई प्राथमिकता दिएमा कसैलाई टाउको दुख्ने, वाकवाकी लाग्ने हुँदैन विशेष किसिमले यात्रालाई रमाइलो पार्ने टोलीमा मुना भट्टराई, शारदा भट्टराई, नैनकला दंगाल, ललिता पोखरेल, केवल पोखरेल, पुरुषतर्फ टंक काफ्ले, युवराज लुइँटेल, खगेन्द्र अधिकारी आदि हुन् ।