करेन्ट लागेर दुई जनाको मृत्यु

0
135

विराटनगर।

झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधिन पक्की घरमा छत ढलान गर्न फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विधुतको नाङ्गो तारमा छुन पुग्दा कामदार बर्जु गाउँपालिका–६ का ३५ बर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका–३ का ३२ बर्षीय श्रवण चौधरीलाई करेन्ट लाग्दा घाईते भएकोमा तत्काल उपचारको लागि इनरुवा अस्पताल लगिएकोमा उपचारको क्रममा नन्द कुमार चौधरीको मृत्यु भएको हो । करेन्ट लगेका श्रवण चौधरीलाई थप उपचारको लागि नोवेल अस्पताल बिराटनगर पठाईएको छ ।

यता झापाको गौरादह नगपालिका–७ की ७७ बर्षीया तेज कुमारी उप्रेतीलाई आफ्नै गाई गुवालीमा कुटी काट्ने क्रममा अचानक बिधुत सट भई करेन्ट लाग्दा उनको घटना स्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here