सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ

0
152

झापा,

सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शिव शताक्षी नगरपालिका १० माईधार निवासी २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवसताक्षी १० माईधारका सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

सरोज शर्माको सब झापा गाउँपालिका र बारादशी गाउँपालिका बीच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा आज बिहान फेला परेको छ । केही दिन अघिदेखि बेपत्ता बनेका उनको कार चाराली जङ्गलमा जलेको अवस्थामा फेला परेको थियो।

शर्मा बेपत्ता बनेदेखि नै खोजीकार्य तीव्र बनाएको प्रहरीले उनको कार जल्दै गरेको अवस्थामा फेला पारेको थियो भने शर्माको सब खोला किनारमा गाडिएको र दुर्गन्ध फैलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यता शर्माको हत्या आरोपमा पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । आक्रोशित भीडले आज सुनिल साहको घरमा तोडफोड गरेको छ ।

हुलाकी मार्गअन्तर्गत बिरिङ पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेपछि आक्रोशित भीडले साहको घरमा तोडफोड गरेका हो । भीडले घरमा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको छ । शर्माको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । सो घटनामा ४–५ जनाको संलग्नता रहेको आफन्तले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here