सिमल तरुल बेचेरै वर्षिक १० लाख कमाउछिन् निर्मलाले

0
17

कमल ।

झापाको कमल गाउँपालिका ३ केर्खामा हरेक शनिवार लाग्दै आएको साप्ताहिक बजार जिल्लाकै पुरानो बजार हो । साप्ताहिक रुपमा शनिवार बजार लाग्ने यस ठाउँमा स्थानियले उत्पादन गरेको आग्र्यनिक तरकारी तथा फलफुल उपलब्ध हुने गर्दछ ।

विशेष गरेर यस ठाउँमा दक्षिणी ईलामको चुलाचुली गाउँपालिकामा उत्पादन भएका तरकारी तथा फलफुल विक्रिकालागी ल्याउने गरिन्छ । चुलाचुली गाउँपालिका तरकारी तथा फलफुल उत्पादनमा निकै अगाडी छ । यहाँ उत्पादन भएको विभिन्न जातको तरकारी बाली फलफुल का साथै सिमल तरुल उत्पादनमा चुलाचुली गाउँपालिका जिल्लाकै उत्कृष्ट पालिकाको रुपमा पर्दछ ।

विगत पाँच वर्ष देखी सिमल तरुल उत्पादन गर्दै आउनु भएकी वडा नम्वर ३ की निर्मला घिमिरेले यस वर्ष ७०/८० हजार खर्च गरेर ४ विघा जमिनमा सिमल तरुल लगाउनु भएको छ । अन्य बालिभन्दा सिमल तरुल बाट धेरै आम्दानी हुने भएकोले वहाले सिमल तरुलको खेती गर्नु भएको हो । सिमल तरुल विक्रि बाट गत वर्ष ७ लाख २० हजार आम्दानी गर्नु भएकी घिमिरेले यस वर्ष १० लाख रुपैया भन्दा बढी आम्दानी हुने घिमिरेले बताउनु भयो ।

विशेष गरेर सिमल तरुल ब्रत बसेका हरुले फलाहारको रुपमा प्रयोय गर्दछन् भने खाजको रुपमा समेत प्रयोग हुने गर्दछ । सिमल तरुल स्वास्थ्यको दृष्टिकोणले समेत अन्यन्तै राम्रो मानिन्छ । त्यसैगरी चुलाचुली १ की पुर्णिमा लिम्बूले समेत सिमल तरुलको खेती गर्दै आउनु भएको छ । बिगत १० वर्ष देखी सिमल तरुल उत्पादन गर्दै आउनु भएकी लिम्बुले यस पटक ५ कठ्ठा जमिनमा सिमल तरुल लगाउनु भएको छ । बजारको माग अनुसार आम्दानी हुने भएकोले यस फटक २० हजार सम्म आम्दानी गर्ने लक्ष दिएको लिम्बू बताउनुहुन्छ ।

अन्न वाली भन्दा सिमल तरुल र तरकारी वाली बाट बढी आम्दानी हुने भएकोले कृषकहरु यसको खेती गर्न रुचाउछन् । तर आफुले उत्पादन गरेका बस्तुको स्थिर बजार मुल्य नभएकाले सोचे अनुसारको आम्दानी हुन सकेको छैन । आफुहरुले उत्पादन गरेको बस्तुको स्थानिय सरकारले बजारको व्यावस्था मिलाउन सके लगानी अनुसार मनग्य आम्दानी गर्न सकिने कृषक बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here