व्यापारीको विवादले भारतीय ट्रक चालक बन्धकमा !

0
37
  • ट्रक बिर्तामोडमा ८ दिनदेखि अलपत्र

    झापा, भारतबाट टमाटर लिएर आएको एक भारतीय ट्रक चालकलाई व्यवसायीले बन्धक बनाएका छन् । बिर्तामोडस्थित कृषिथोक बजारमा टमाटर लिएर आएको भारतीय ट्रक व्यापारीबीचको लेनदेन विवादका कारण ८ दिनदेखि भारत फर्कन सकेको छैन । जसका कारण ट्रक चालक र सञ्चालक बिर्तामोडमा बन्धक जस्तै बनेका छन् ।


  • युपी ८७ ए ती ४४६५ नम्बरको उक्त ट्रकका चालक योगेन्द्र सिंहका अनुसार ट्रक भारतबाट टमाटर लिएर आएको थियो । अक्टोबर १४ मा बिर्तामोड प्रवेश गरेको सो ट्रक तीन दिनका लागि आएको थियो । तर, व्यापारीहरूको विवादमा पर्दा भन्सार पाससमेत खोसिएको र आफूहरूले घर फर्कने वातावरण नभएको सिंहले बताए ।
    सवारीको कागजपत्र खोसिएपछि उनी अहिले कृषि थोकको पूर्वी कुनामा ट्रक राखेर आठदिन देखि अलपत्र परेका छन् । “हामी त भाडामा टमाटर लिएर आएका हौं उनले भने – भारत र नेपालका व्यापारीबीचमा लेनदेनको कारोवार नमिल्दा हामीलाई बन्धक बनाइयो ।
    टमाटर झारिसकेपछि कागजपत्र खोसिएको र किन ट्रक रोकिएको भन्ने कुरा शुरुमा आफैँलाई थाहा नदिइएको उनको भनाई छ ।
    भाडामा ट्रक लिएर आयौं यहाँ व्यपारीबीचको लडाइमा आफूलाई बन्धक बनाइयो । उनले दुखेसो पोख्दै भने कागज नदिएपछि न भारत जान सकियो न नेपालमा बस्ने अवस्था छ । अहिले आफूहरु ट्रकमै पकाउने र ट्रकमै खाने बस्ने गरेका छौं ।

चालक सिंहले फर्किने कागज नपाएपछि आफूहरू आर्थिक तथा कानुनी जोखिममा परेको बताए। “कागज फिर्ता नदिने हो भने हामीले फाइन तिर्नुपर्छ। अब उप्रान्त नेपालमा सामान बोक्न आउनै सकिन्न । अहिले दैनिक खर्च धान्नै समस्या भएको उनीहरूको गुनासो छ।
उनले बिर्तामोडका व्यवसायी खगेन्द्र महत्तोको टमाटर लिएर आएका थिए ।
भारतीय व्यपारी र यहाँका व्यपारी बीच के कुरा मिलेन जसका कारण हामी अलपत्र परेका छौं सिंहले भने आफूले टमाटर बिर्तामोडका व्यापारी महतोलाई दिएपछि हाम्रो जिम्वेवारी सकियो । तर, टमाटर झारेपछि हाम्रो सबै कागजात खोसियो उनले भने – अहिले हामी कष्टपूर्ण जीवन कटाइरहेका छौं । भारतमा ट्रकको किस्ता बुझाउन समेत पाइएन ।
तर महतोले आफूले बिना कारण ट्रक नरोकेको बताएका छन् । मैले भारतमा पैसा पठाएर मगाएको सामान त्यहाँस्थित ट्रान्सपोर्टकै अर्को ट्रकले भारतमै बेचेछ उनले भने – यस्तो अवस्थामा पैसा फिर्ता नआउने जोखिम भयो, त्यसैले ट्रक रोक्नु प¥यो ।
उनका अनुसार काक्राका लागि भारु ३ लाख १८ हजार पठाइएको थियो।
“सबै हिसाब गर्दा २ लाख २७ हजार ९५९ रुपैयाँ फिर्ता लिन बाँकी छ, पैसा नफर्किने भएपछि ट्रकलाई रोकिएको हो,” महतोले भने ।
कारोबारमा सम्लग्न व्यक्ति सम्पर्क विहीन भएको उनको भनाई छ । कारोबार गरेका भारतीय व्यक्तिसँग सम्पर्क गर्दा फोन उठिरहेको छैन, त्यसैले पैसा सुरक्षित गर्न ट्रक रोकिएको हो उनले भने ।
तर चालकले व्यापारीबीचको विवादमा ट्रक–चालकलाई बन्धक बनाइनु नियम विपरित भएपनि प्रशासनलाई खवर गर्दा समेत सहयोग नगरेको दुखेसो पोखे । उनले आफूलाई तत्काल कागज फिर्ता गरेर घर फर्किने वातावरण बनाउन आग्रह समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here