गणेशमान सिंह अध्ययन प्रतिष्ठानको भवन अनुगमनका लागि मन्त्री घिसिङ झिलझिले आउने

0
75

झापा, शिवसताक्षी नगरपालिका–११ झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयको निर्माणाधीन भवन तथा भौतिक पूर्वाधार अनुगमनका लागि उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार झिलझिले आउने भएका छन्।

प्रतिष्ठानका अनुसार मंसिर १५ गते दिउँसो १२ बजे निर्माणस्थलमा आयोजना हुने कार्यक्रममा मन्त्री घिसिङको उपस्थिति रहनेछ। प्रतिष्ठानले निर्वाचित जनप्रतिनिधि, शिक्षा तथा विकास क्षेत्रका सरोकारवालाहरू, आजीवन सदस्य तथा स्थानीय संघ–संस्थामा आवद्ध समुदायलाई कार्यक्रममा उपस्थित रहन अनुरोध गरेको छ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका प्राचार्य गणेश अधिकारीका अनुसार प्रतिष्ठानको स्थापना २०५६ सालमा भएको हो। हाल प्राविधिक धारअन्तर्गत तीन वर्षे स्नातक तहका सिभिल इन्जिनियरिङ र कम्प्युटर विषयमा अध्ययन हुँदै आएको छ। भवन निर्माण अधूरो रहेकाले हाल कक्षा झिलझिले माध्यमिक विद्यालयका कक्षा कोठामा सञ्चालन भइरहेको उनले बताए।

प्राचार्य अधिकारीका अनुसार मन्त्री घिसिङले अनुगमनपछि अधूरो भवन निर्माणका लागि आवश्यक सहयोग तथा समन्वय मिल्ने अपेक्षा गरिएको छ। भवन निर्माण सम्पन्न भएपछि आफ्नै पूर्वाधारबाट शिक्षण–अध्ययन सहज र प्रभावकारी रूपमा सञ्चालन हुने प्रतिष्ठानले विश्वास लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here