गुडिरहेको म्याजिक भेनमा आगलागी

0
47

झापा । कचनकवल गाउँपालिका–६ बाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ज ३२७९ नम्बरको म्याजिक भ्यानमा आगलागी भएको छ ।
निरज बस्नेतको स्वामित्वमा रहेको उक्त भ्यान लाहुरेचोक नजिक मेची राजमार्गमा गुडिरहेको अवस्थामा अचानक आगो लागेको थियो । म्याजिक भ्यानमा आगलागी हुँदा त्यसमा सवार तीन जना मध्ये एक जना घाइते भएका छन् ।
आगलागीबाट कचनकवल–६ निवासी प्रकाश खनाल सामान्य घाइते भएका छन् भने अन्य दुईजना सकुशल रहेको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएपनि म्याजिक भ्यान जलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here