भीमसेन साकोसको सो¥हौँ सभा

0
41

सुरुङ्गा ।

भीमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुरुङ्गाले आफ्नो सो¥हौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कनकाई नपा–३ स्थित सुरुङ्गा जेसीजको सभाहलमा सम्पन्न साधारणसभाको अध्यक्षता गरिरहेका संस्थाका अध्यक्ष तेजबहादुर प्रधानले आ.व. २०८१/०८२ को प्रगति विवरणसहित आ.व. २०८२/०८३ को अनुमानित वार्षिक कार्यक्रम तथा भावी योजनासहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०६६ सालमा १ सय ५९ जना शेयर सदस्यबाट सङ्ककलित १९ लाख ८३ हजार चुक्ता शेयर पुँजीबाट कारोवार सुरु गरेको भीमसेन साकोसले हालसम्म १ करोड ६० लाख ३३ हजार ४ सय शेयर पुँजी जम्मा गरेको अध्यक्ष प्रधानले सभामा जानकारी दिए । आ.व.२०८१÷०८२ मा संस्थालाई १८ लाख ९७ हजार २ सय ६६ रुपैयाँ मुनाफा भएको प्रतिवेदनमार्फत अध्यक्ष प्रधानले जानकारी गराएका छन् । संस्थाले यही वर्ष आफ्नो भवन निर्माणको लागि कनकाई–३ स्थित सुरुङ्गा बजारमा ८ धुर जग्गा समेत खरिद गरेको सभामा अध्यक्ष प्रधानले जानकारी दिए ।

सो सभामा लामो समय शिक्षण पेसामा रही सेवानिवृत्त शिक्षक संस्थाका सल्लाहकार संयोजक एवं निवर्तमान अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठलाई ज्येष्ठ शेयर सदस्यको रूपमा सम्मान गरिएको थियो । त्यसरी नै ज्येष्ठ सदस्यहरू गोपीमाया श्रेष्ठ, मोहनकुमार भण्डारी, अमिरी पञ्जियार, देवनारायण श्रेष्ठ, कृष्णकुमारी प्रधान, इन्धरीकुमारी श्रेष्ठ र मनकुमारी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा ठोस खबरका सञ्चालक एवं सम्पादक चुडामणि तिम्सिनालाई नगदसहित उत्कृष्ट सञ्चारकर्मीको रूपमा सम्मान गरिएको थियो । उत्कृष्ट बचतकर्तातर्फ निलकुमारी श्रेष्ठ र असल ऋणी तर्फ शर्मिला बस्नेत सम्मानित भएका छन् । सम्मानित सबैलाई संस्थाका अध्यक्ष तेजबहादुर प्रधान, प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्षसमेत रहेका भरतकुमार श्रेष्ठ, सल्लाहकार रामबाबु महर्जनलगायतका अग्रजहरूले दोसल्ला ओढाएर नगदसहित सम्मानपत्रका साथ सम्मान गरेका थिए ।

संस्थाका सदस्यहरुको कर्जा सुरक्षाका लागि ईन्स्योरेन्स कम्पनीसँग सम्झौता गरी कर्जा बिमा योजना थालनी गरेको भीमसेन साकोसले नियमित बचत कारोबारमा जिल्लामै उत्कृष्ट कार्य गरे बापतको उत्कृष्ट सम्मान प्राप्त गरिसकेको अध्यक्ष प्रधानले सभामा जानकारी गराए । साधारणसभामा लेखा समितिका संयोजक कमलप्रसाद भट्टराईले सुझावसहितको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा १ करोड ३२ लाख ५ हजार ७०६ बराबरको कोष रहेको साथै ७ करोड ५९ लाख ३९ हजार १ सय ७१ रुपैयाँ निक्षेप रहेको लेखा समितिका संयोजक भट्टराईले जानकारी दिए ।

कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य एवं शिक्षा उपसमिति संयोजक तीर्थराज खरेलले सहकारी शिक्षासम्बन्धी प्रशिक्षणात्मक मन्तव्य दिएका थिए । खरेलले सभामा राहत वितरण कार्यविधि समेत प्रस्तुत गरे । सभामा प्रस्तुत भएको वार्षिक प्रतिवेदन, राहतवितरण कार्यविधि एवं लेखा प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित भएको बताइएको छ ।

कार्यक्रममा संस्थाका महिला परिचालन उपसमितिका संयोजक अनिता श्रेष्ठ, सदस्यहरू तारा संग्रौला, यशोदा श्रेष्ठ, हिरादेवी श्रेष्ठ, ज्योति श्रेष्ठ, उपसमितिका संयोजक तीर्थबहादुर श्रेष्ठ, सदस्यहरू निता श्रेष्ठ, मैया चौहान र उर्मिला खड्कालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यस्तै कर्मचारीतर्फ व्यवस्थापक खगेन्द्रकुमार श्रेष्ठ, लेखापाल टेकनारायण श्रेष्ठ, बजार प्रतिनिधिहरू रचना श्रेष्ठ , कमला श्रेष्ठ, जुना खनाल अधिकारी, युरिना दाहाल, धनमया कुमारी रिजाल दाहाललाई पोशाकसहित सम्मान गरेको संस्थाका कार्यसमिति सदस्य एवं शिक्षा उपसमितिका संयोजक तीर्थराज खरेलले जानकारी दिए ।

साधारण सभाले माइन्युट लेखनका लागि संस्थाका व्यवस्थापक खगेन्द्रकुमार श्रेष्ठ र कर्मचारी जुना खनाल अधिकारीलाई साथै माइन्युट प्रमाणीकरणका लागि संस्थाका १० जना सदस्यहरुलाई अनुमोदन गरेको संस्थाका लेखापाल टेकनारायण श्रेष्ठले जानकारी दिए ।

संस्थाका परिकल्पनाकार संस्थापक अध्यक्ष भरतकुमार श्रेष्ठको प्रमुख उपस्थिति रहेको साधारणसभामा उपाध्यक्ष दिव्यराज ढकालले स्वागत मन्तव्य राखेका थिए भने सचिव रुद्रबहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here