झापा क्षेत्र नं. २ का उम्मेदवारसँग मतदाताको प्रत्यक्ष संवाद – ककस कार्यक्रम बिर्तामोडमा

0
11

झापा , झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसँग मतदाताको प्रत्यक्ष संवाद कार्यक्रम बिर्तामोडमा आयोजना हुने भएको छ।
वीरता जेसीज, अर्जुनधारा जेसीज, बुधबारे जेसीज र सुरुङा जेसीजको संयुक्त आयोजनामा ‘मतदातासँग प्रत्यक्ष संवाद (ककस)’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो। नेपाल जेसीजको परिपत्रअनुसार तथा संवाद समूह झापाको सहजीकरणमा कार्यक्रम भोलि फागुन ११ गते दिउँसो १ बजे बिर्तामोडस्थित अतिथि सदनमा आयोजना हुने आयोजकले जनाएको छ।
कार्यक्रममा झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूले आफ्ना चुनावी योजना, नीति तथा प्रतिबद्धताबारे मतदातासमक्ष धारणा प्रस्तुत गर्नेछन्। साथै मतदाताले उम्मेदवारसँग प्रत्यक्ष रूपमा प्रश्न राख्ने अवसर पाउने आयोजकले जानकारी दिएको छ।
लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने, मतदाता सचेतना अभिवृद्धि गर्ने तथा जिम्मेवार नेतृत्व चयनमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा पत्रकार, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
लोकतान्त्रिक संवादलाई प्रभावकारी बनाउन कार्यक्रममा सहभागी हुन आयोजकले सबै सरोकारवालालाई आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here