कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पु-याइयो

0
1
मान्म (कालीकोट),
कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पु¥याइएको छ ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा मतदान सामग्री पु¥याइएको सहायक निर्वाचन अधिकृत सुनिलकुमार खाँणले जानकारी दिनुभयो ।
जिल्लामा १२७ स्थायी र एक अस्थायी मतदान केन्द्र गरेर १२८ केन्द्र रहेका छन् । “जिल्लाका दुर्गम तथा हिमाली क्षेत्रका मतदान केन्द्रसम्म मतपेटिका, मतपत्र, छाप, मतदाता नामावली, गोप्य कक्ष निर्माण सामग्रीलगायतका अत्यावश्यक सामान ढुवानी गरि सकिएको छ,” सहायक निर्वाचन अधिकृत खाँणले भन्नुभयो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरी मतदान केन्द्रको सुरक्षा सुनिश्चित गरिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here