झापा।

झापाको मेचिनगर नगरपालिका–६ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलाम सुर्योदय नगरपालिका–११ का पासाङ छिरिङ काजीलाई ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































