कृषकलाई अग्र्यानिक खेती सम्बन्धी तालिम

0
463

अर्जुनधारा।

विषादि न्यूनीकरण गर्दै अग्र्यानिक खेतीमा स्थानीय कृषक समूहहरुको आकर्षणसँगै लगानी गराउने उद्देश्यले अर्जुनधारा–९ वडा समितिको आयोजनामा एक दिवसीय तालिम सम्पन्न भएको छ ।

अग्र्यानिक खेती तालिमकी संयोजक दिपिका विष्टको अध्यक्षता र नगर उपप्रमुख कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत वडा सदस्य हरिमाया दाहालले गरेकी थिइन् ।

सहजकर्ता नगर कृषि शाखाकी प्राविधिक मीना अधिकारीले सहजिकरण गरेको कार्यक्रममा वडामा गठित ११ वटा कृषक समूहमा आवद्ध ४० जना कृषकको सहभागिता रहेको बताइएको छ । उनीहरुलाई अग्र्यानिक विषादि बनाउन ४५ हजार रुपैयाँ बराबरको १५ वटा ड्रम प्रदान गरिएको छ ।

त्यसैगरी तालिम पश्चात् सहभागीहरुलाई ६ प्रकारको बीऊबिजन निःशुल्क प्रदान गरिएको वडा सदस्य मनोज तामाङले जानकारी दिए । उक्त तालिमको लागि वडाबाट एक लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here