अपाङ्गता भएकासँग जन्मदिन

२५ बैशाख २०७६, बुधबार मा प्रकाशित

बिर्तामोड।

बिर्तामोडका युवा व्यवसायी शत्रुघन रौनियारले आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन् ।

जन्मदिनमा फजुल खर्च गरिने कार्यलाई निरुत्साहित गर्दै रौनियारले आफ्नो जन्मदिन अर्जुनधारा–७ स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका अनाथ तथा अपाङ्गता भएका बालबालिकाहरुसँग मनाएका हुन् ।

उनले त्यहाँ रहेका बालबालिकाहरुलाई खाद्यान्न, मिठाई लगायतका सामग्री प्रदान गरेका थिए । अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका शिक्षक ढुण्डिराज कोइरालालाई उक्त सामग्री हस्तान्तरण गरेको रौनियारले बताए । विगतका वर्षहरुदेखि नै यही प्रकारले जन्मदिन मनाउँदै आएको उनले बताए ।

गुप्ता क्लोथ सेन्टरका सञ्चालक रहेका रौनियार छठ समाज सेवा समिति बिर्तामोडका सचिव रौनियार सेवा समितिका कोषाध्यक्ष सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका सहकोषाध्यक्ष, जनजाति कल्याण आश्रमद्वारा सञ्चालित आमाको माया छात्राबासका सचिव वीरता जेसीज लगायतका विभिन्न संघ–संस्थामा आबद्ध रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here