जंगली च्याउ खाँदा तीनको मृत्यु

0
405

लमजुङ।

जंगली च्याउको सेवनबाट लमजुङमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । एकसाता अघिको च्याउ सेवनले गम्भीर बिरामी क्व्हालोसोंथर गाउँपालिका ९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्रीको आइतबार बिहान ४ बजेतिर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि बिहीबार उहाँको छोरा १२ वर्षीय मन्तोष क्षेत्री र छिमेकीका छोरा १० वर्षीय साजन क्षेत्रीको मृत्यु भइसकेको छ । सुलबहादुरका श्रीमती सरिताको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वैशाख २७ गते शुक्रबार जंगली च्याउ सेवनपछि बिरामी भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो ।

उक्त अस्पतालमा उपचार हुन नसकी काठमाडौंस्थित नेशनल अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि फर्काइएका सुलबहादुर बिहीबारदेखि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा राखिएको थियो । उहाँको श्रीमती सरिताको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

उपचारको क्रममा सुलबहादुरको छोरा मन्तोषको नेशनल अस्पतालमा गत बिहीबार नै मृत्यु भएको थियो । उपचार सम्भव नभएपछि काठमाडौंबाट घर फर्काइएका साजनको गत सोमबार गाउँमै मृत्यु भएको क्व्होलासोंथर गाउँपालिका ९ गिलुङका वडाध्यक्ष नन्दजङ गुरुङले बताउनुभयो ।

प्रहरीका अनुसार साजनको बुवा रामबहादुर क्षेत्री र आमा तारा क्षेत्री उपचारको क्रममा पोखरा गएको र घरमा एक्लै हुने भएपछि साजनलाई छिमेकी सुलबहादुर क्षेत्री र सरिताको घरमा बस्न लगाइएको थियो । सुलबहादुरले वैशाख २७ गते शुक्रबार दिउँसो गाउँ नजिकैको जंगलबाट च्याउ टिपेर ल्याएको र त्यही दिन बेलुका पकाएर खाएका थिए ।

च्याउ सेवनपछि छिमेकीका छोरासहित परिवार नै बिरामी परेका थिए । उनीहरुलाई गाउँलेले उपचारका लागि पोखरा पु¥याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here