काठमाडौं ।
घट्टेकुलोमा भएको विस्फोटमा नेकपा विप्लव समूहको संलग्नता पाइएको छ ।
लोकमञ्जरी कार्कीको घरको कोठामा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
घाइते भएका रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी नेकपा विप्लव समूहसम्बद्ध विद्यार्थी संगठनका त्रिचन्द्र इकाई अध्यक्ष भएको पाइएको छ ।
विस्फोट स्थलमा थप विस्फोटक पदार्थ हुनसक्ने सम्भावना भएकाले सेनाको बम डिस्पोजल टोली आएको छ । १३ गतेको नेपाल बन्द सफल परौं भन्न पर्चा पनि भेटिएको प्रहरीले पुष्टि गरेको छ ।-अनलाइनखबरबाट































