झापामा विप्लवको बम आतंक, गौरादहमा रक्सीको बोतलमा बालुवा

0
699

बिर्तामोड ।

नेपाल बन्दको आह्वान गरेसंगै नेपाल कम्युनिष्ट पार्टी (विप्लव) माओवादीले झापाका तीन स्थानमा शंकास्पद वस्तु राखेर स्थानीयलाई त्रसित बनाएको छ ।

सोमबार नेपाल बन्दको आह्वान गरेको विप्लव माओवादी झापासहित देशभर बम आतंक गराएको हो । झापाका अलग–अलग स्थानमा राखिएको शंकास्पद वस्तु मध्ये एक स्थानमा मात्रै सुतली बम भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

शंकास्पद वस्तु राखेर आतंकित बनाउन खोजेपनि प्रहरीको संक्रियताका कारण झापामा अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु मध्ये दुधेमा सुतली बम भेटिएको सुरक्षा अधिकारी जानकारी दिएका छन् । सुतली बम चारआली स्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ ।

उता दमक स्थित रतुवाखोला नजिकै फेला परेको कुकरभित्र बालुवा मात्र रहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा नै शंकास्पद् वस्तु भेटिएपछि करिब दुई घण्टा सम्म सवारी आवागमन ठप्प भएको थियो । सेनाको टोलिले शंकास्पद् वस्तु कुकरभित्र बालुवा फेला परेको बजनाइएको छ ।

त्यस्तै गौरादहमा भेटिएको शंकास्पद् भनिएको वस्तुमा गोल्डेन वक (रक्सी)को वोटलमा बालुवा राखेको पाइएको छ । दिउँसो फेला परेको शंकास्पद् वस्तु डिस्पोजका लागि पुगेको सेनाको टोलीले खाली रक्सीको बोतलमा बालुवा फेला पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here