आगलागीबाट शनिश्चरेमा एक घर जल्यो

0
728

झापा । झापाको पुरानो बजार शनिश्चरेमा आइतबार राति आगलागीबाट एक घर नष्ट भएको छ ।

अर्जुनधारा ८ स्थित बिजुली अफिस पूर्वपट्टि रहेको एउटा घरमा करिब पौने ९ बजे आगलागी हुँदा घर पूर्णरुपमा नष्ट भएको हो । शनिश्चरे विद्युत् प्राधिकरणका कर्मचारी कमल रायका अनुसार घरमा भएका लत्ताकपडा, सरसामान केही बचाउन सकिएन ।

उनले भने, ‘हामी अफिस छेउमै थियौँ, आगो लागेको थाहा पाएलगत्तै बत्ती काटेर आगो नियन्त्रणमा लाग्यौँ ।’ स्थानीयको प्रयासबाट आगो नियन्त्रणमा ल्याइएकाले छिमेकीको घरमा आगजनी हुन नसकेको उनको भनाइ थियो ।

आगो नियन्त्रणमा आइसकेपछि बिर्तामोडको नगरपालिकाको दमकल पनि आइपुगेको बताइएको छ । त्यस घरमा रहेको दुई वटा ग्यासको सिलिण्डर पड्किँदा शनिश्चरे बजार र अर्जुनधारा क्षेत्रको आसपासमा ठुलै आवाज आएको थियो ।

टिन र बाँसले बनेको घर आगलागीमा परी सबै ती व्यक्तिको सम्पूर्ण धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ । शनिश्चरे प्रहरी चौकीले घरधनीको नाम पहिचान गर्न सकेको छैन । सबै प्रहरी खटिए पनि विवरण चौकीसम्म आइनसकेको बताइएको छ ।-न्यूज सञ्जालबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here