उद्यमी महिलालाई सहाराको तालिम

0
547

गौरीगञ्ज।

सहारा नेपाल साकोस सेवाकेन्द्र गौरीगञ्जले उद्यमी महिला सदस्यहरुलाई एकदिने अभिमुखीकरण तालिम प्रदान गरेको छ ।

महिला सदस्य शन्तिदेवी राजवंशीको अध्यक्षता तथा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा सहारा नेपाल केन्द्रीय कार्यालयका बरिष्ठ प्रबन्धक राजकुमार दर्नालले महिलाहरुलाई उद्यमशील कसरी बन्ने र यसबाट कसरी आयआर्जन गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहारा नेपाल सेवा केन्द्रकी महिला उद्यमी सदस्य गीता देवी श्रेष्ठ र संझा ताजपुरियालाई नगद एक–एक हजार रुपैयाँ, प्रमाण–पत्र र स्थानीय उत्पादन झल्ला तथा झालङ सम्मान स्वरुप प्रदान गरिएको थियो ।

गौरीगञ्जमा स्थानीय उत्पादन झल्ला र झालङ्ग बुन्ने तालिम दिई महिलाहरुलाई उद्यमशील बनाउन गौरीगञ्ज गाउँपालिका र सहारा नेपालको साझेदारीमा घरेलु उद्योग सञ्चालन गर्ने लक्ष्य अनुरुप यस प्रकारको अभिमुखीकरण तालिमको आयोजना गरिएको गौरीगञ्ज सेवा केन्द्रका म्यानेजर उमेश भारतीले जानकारी दिए ।

सहारा नेपाल इलाका कार्यालय सुरुङ्गाका वरिष्ठ प्रबन्धक रामनारायण प्रधान लगायतले शुभकामना दिएको कार्यक्रमको सञ्चालन सहारा नेपाल सेवा केन्द्रका सुभाष झाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here