अपाङ्गता भएका व्यक्तिलाई बाख्रा र बङ्गुर वितरण

0
529

लम्की ।

कैलालीको जानकी गाउँपालिका–८ अपाङ्गता भएका व्यक्तिलाई बाख्रा तथा बङ्गुर वितरण गरिएको छ । चालू आर्थिक वर्षमा सामाजिक विकास कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिका लागि विनियोजित रकमबाट उनीहरुलाई बाख्रा र बङ्गुर वितरण गरिएको हो ।

अपाङ्गता भएका मानिसलाई व्यवसायतर्फ आकर्षित गर्न बाख्रा र बङ्गुर वितरण गरिएको वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर थारूले बताउनुभयो । “अपाङ्गता भएका व्यक्ति केही गर्न सक्दैनन् भन्ने साँघुरो सोच सबैले हटाउनुपर्छ”, वडाध्यक्ष थारूले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरी हौसला प्रदान गर्न सहयोग गरेका हौँ ।”

अपाङ्गता भएका व्यक्तिको मागका आधारमा बाख्रा तथा बङ्गुर वितरण गरिएको हो । यस कार्यले उनीहरुको आयस्रोतमा वृद्धि भई जीवनशैलीमा समेत सुधार आउने अपेक्षा गाउँपालिकाले लिएको छ ।

गाउँपालिका–८ अन्तर्गत खैरीपुर, जवलपुर, भोक्सी, पहाडीपुर, मटेरा, पालबजार, जादुपुर, वनदेवीपुर र भगरैयाका सातलाई बाख्रा र १० जनालाई बङ्गुर वितरण गरेको हो । बाख्रा पाएपछि अपाङ्गता भएका राधेश्याम थारू निकै खुशी लागेको बताउनुभयो । “हामीलाई कसैले फर्केर हेर्दैन भन्ने लागेको थियो, सहयोग माग्न आए पनि सय÷पचास दिएर फर्काइन्छ”, उहाँले भन्नुभयो, “तर यसपटक गाउँपालिकाले बाख्रा र बङ्गुर दियो, हामी अब सकेजति मेहेनत गर्छौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here