ट्रकको ठक्करबाट घाइते हुसेनको मृत्यु

0
478

सप्तरी,

कञ्चनरुप नगरपालिका–८ स्थित पूर्व–पश्चिम सडकमा मालबाहक ट्रकको ठक्करले गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ ख ४८५२ नम्बरको मालबाहक ट्रकले आइतबार अपराह्न कञ्चनरुप–२ का १८ वर्षीय नुर हुसेनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते हुसेनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले नजाएको छ।

प्रहरीका अनुसार घाइते सेखलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको र उपचारको क्रममा साँझ मृत्यु भएको हो।

ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा राखेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here