विवादले नगरसभा प्रभावित

0
858

म्याग्दी।

बेनी नगरपालिकामा नगर प्रमुख र कार्यपालिका सदस्यको विवादका कारण नगरसभा प्रभावित भएको छ । सबै स्थानीय तहले असार १० गतेभित्र सभा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि विवादका कारण नगरपालिकाले तयारी गर्न सकेको छैन ।

दैनिकजसो विभिन्न उपसमितिको बैठक, बजेट, योजना र नीति तथा कार्यक्रमको बारेमा छलफल हुनुपर्ने अवस्थामा यहाँ जनप्रतिनिधिबीच एक महीनायता भेटघाट र छलफल हुन नसकेको नगर उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो । तोकिएको समयमा बजेट नल्याउँदा सङ्घीय सरकारले उपलब्ध गराउने अनुदान घट्ने, नीति तथा कार्यक्रम र बजेट पारित नगरे नगरपालिकाको अन्य कामकारवाहीमा असर पर्र्ने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले बताउनुभयो ।

विसं २०७६ जेठ ३ गते विवाद भएपछि नगरप्रमुख हरिकुमार श्रेष्ठ कार्यालयबाट बाहिरिएका थिए । कार्यपालिका बैठकमा उपस्थित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सम्बद्ध जनप्रतिनिधिले बहुमतको आधारमा शिक्षा, युवा तथा खेलकूद शाखामा गलेश्वर माविका जयराम सुवेदी र पौलत्स्य माविका मोहन बानियाँलाई राख्ने निर्णय गरेका थिए ।

गत जेठ ५ गते नगरप्रमुख श्रेष्ठले निर्णय पुस्तिकामा फरक मत राख्दै सो निर्णय कार्यान्वयन नगर्न निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिनुभएको थियो । नेकपा सम्बद्ध जनप्रतिनिधिले विशेष नगरसभा बोलाउन माग गर्दै हुलाकमार्फत गत जेठ २७ गते नगरप्रमुख श्रेष्ठलाई पत्र पठाएका थिए ।

नगरप्रमुख श्रेष्ठले उच्च अदालत पोखराको बागलुङ इजलासमा दायर गर्नुभएको रिटमा अदालतले निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश दिएको छ । काङ्ग्रेसबाट निर्वाचित नगरप्रमुख श्रेष्ठ वडाध्यक्षले योजना छनोट, कार्यान्वयन र सेवा प्रवाहमा पूर्वाग्रही, अपारदर्शी र विभेदकारी शैली अपनाएको आरोप लगाउनुभएको छ । प्रमुख श्रेष्ठले बीचैमा बैठक छाडेर गएपछि बाध्य भएर बहुमतबाट जनशक्ति व्यवस्थापन गर्ने निर्णय गर्नुपरेको कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here