मजदुरद्वारा नगर सफाई

0
1259

बिर्तामोड।

झापाका यातायात मजदुरले काँकरभिट्टामा सरसफाई गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समितिले आफ्नो ४०औं स्थापना दिवसको अवसरमा शनिबार नगर सरसफाई तथा डष्टविन वितरण गरेका हुन् ।

समितिले मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टासहित मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय, नेपाल बैंकलगायतका स्थानमा सरसफाई गरेको हो । समितिले नेपाल–भारत सीमा मेचीपुल, राजमार्ग र दुवैतर्फको डाँडाको झारपात उखेलेर सरसफाई गरेको थियो ।

समितिले काँकरभिट्टा क्षेत्रमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुलाई आ–आफ्नो घर तथा व्यवसायबाट उत्पादित फोहोरको उचित व्यवस्थापन गर्दै निश्चित ठाउँमा फ्याक्न आग्रह गरेको छ । यसका लागि समितिले काँकरभिट्टा बजारका विभिन्न पाँच ठाउँमा डष्टविन राखेको बताइएको छ ।

अब उप्रान्त फोहोर मैला जथाभावी नफ्याँकी डष्टविनमा हाल्न आग्रह गरिएको छ । आफ्नो घर, आँगन तथा वरिपरि सफा राख्नु हरेकको कर्तव्य भएको भन्दै समितिले सबैलाई सचेत हुन आग्रह गरेको छ ।

मजदुरको अभियानमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक शंकर रेग्मी नेतृत्वमा नेपाल प्रहरी, अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मी, मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्घिनाथ पौडेल, सचिव लोकबहादुर कार्कीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले साथ दिएका थिए ।

सहभागीहरुले मेचीनगरलाई स्वच्छ, सफा , स्वस्थ्य र हराभरा नगर बनाउन नगरका विभिन्न ठाउँमा वृक्षरोपण गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् । नगर समितिको कार्यालयबाट शुरु भएको सरसफाई अभियानका बारेमा नगर अध्यक्ष खडानन्द भण्डारीले अहिलेसम्म मजदुरका हक, हित अधिकार र सामाजिक जिम्मेवारीप्रति खेलेको भूमिकाका बारेमा बोेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here