एसईईको परीक्षाफल विहीबारसम्म गर्ने तयारी, बुधबार पनि हुन सक्ने

0
553

काठमाडौ।

यस वर्षका माध्यामिक शिक्षा परीक्षा (एससीईइर्) को परीक्षाफल विहीबार सम्ममा प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विहीबारसम्ममा परीक्षाफल प्रकाशित गर्ने गरी तयारी गरेको परीक्षा नियन्त्रक विष्णु अधिकारीले दि राइजिड नेपाललाई बताउनुभयो ।

सो कार्यालयले बुधबारका दिउँसो १.०० बजेका लागि बोर्डको बैठक बोलाएको र बुधबार काम सम्पन्न भए बुधबार नै पनि परीक्षाफ प्रकाशित गरिने सो कार्यालयले जनाएको छ ।

अन्य कुनै काबु बाहिरको परीस्थिति नआएका आज (मंगलबार)को ७२ घण्टा भित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरी रहेको नियन्त्रक अधिकारीले बताउनुभयो । यस वर्षको एसईई परीक्षमा कुल चार लाग ७४ हजार तीन जना विद्यार्थी सहभागी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here