५९ किलो चाँदीसहित भारतीय नागरिक विराटनगरमा पक्राउ

१८ असार २०७६, बुधबार मा प्रकाशित

विराटनगर,

विराटनगरमा ठूलो परिमाणमा चाँदी बरामद भएको छ। महानगरपालिका ९ रोडशेष चौकबाबाट मंगलबार भारततर्फ तस्करी गरेर लैजाँदै गरेको आवस्थामा चाँदी बरामद भएको हो।

प्रहरीले ५९ किलोग्राम चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ पनि गरेको छ। ३६ लाख ९९ हजार ६३० रुपैयाँ मूल्य बरावरको ५९ के.जी. ९३४ ग्राम चाँदीसहित भारत अररीया जिल्ला जोगवनी नगर पञ्चायत १६ का २४ वर्षीय गौरवकुमार साहलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने साह भरिया हुन्। ‘पक्राउ परेका साह सवारीका चालक हुन्,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी घनश्याम श्रेष्ठले भने ‘ अवैधरुपमा नेपाल भित्रिएको चाँदी तस्करी भएर भारत जाँदै गरेको विशेष सूचना आएपछि बरामद गर्न सफल भयौं।’

प्रहरीले बीआर ११ एके १८७९१ नम्बरको मारुती कार पनि बरामद गरेको छ। कार चेकजाँच गर्ने क्रममा चालकको सिटमुनि प्लाष्टिक र त्यसमाथि कार्टुन टेपले बेरिएको अवस्थामा चाँदी भेटिएको थियो।

पहिलो पोकामा प्लाष्टिक बाहेक १९ केजी ९८० ग्राम, दोस्रो पोकामा १९ केजी ९७८ ग्राम र तेस्रो पोकामा १९ केजी ९७६ ग्राम समेत गरी जम्मा ५९ केजी ९३४ ग्रामे चाँदी बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here