दाइजो माग्दा ज्वाइलाई रुखमा बाँधेर कुटपिट

0
830

झापा ।

ससुरालीमा आएर पटक– पटक दाइजो मागेपछि ज्वाईलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वनिक भएको छ ।

दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको र पटक पटक ससुरालीमा आएर दाइजो मागेर ससुरालीलाई नै हैरानी बनाएपछि सुमेराका अवधेश कुमारलाई रुखमा बाँधेर कुटपिट भएको हो ।

घटना भारतको बिहारस्थ्ति मुजफ्फरपुर गाउँको हो । सुमेराका अवधेश कुमारलाई उनको सुसुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको आरोप उक्त परिवारको छ ।

यसबारेमा थुप्रै पटक गाउँ पञ्चायतमा कुरा उठे पनि ज्वाईँले बानी नसुधारेकोले कुटपिट गरेको ससूराले बताएका छन् । प्रहरीले दुवै पक्षसँग बयान लिएर घटनाको कारबाही अघि बढाइएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here