टिपरको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

0
637

अर्घाखाँची,

टिपरको ठक्करबाट अर्घाखाँची सितगंगा –२ सितापुर नेपानेका ५५ वर्षिय हरि वलीको मृत्यु भएको छ।  दुर्घटनामा परि मृतकको श्रीमती ५० वर्षिया सीता वली गम्भीर घाईते भएकी छन्।

दुर्घटनामा परि कपिलवस्तु बुद्धभुमी १ भेलाईका ५० वर्षिय अटो चालक तारा बहादुर टण्डन सामान्य घाइते भएका छन्।

कपिलवस्तुको बसन्तपुर चोक नजिकै शुक्रबार बिहान गोरूसिङगेबाट बिरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपरले भेलाईबाट गोरूसिङगे जाँदै गरेको लु १ ह २५१२ नम्बरको अटोरेक्सालाई ठक्कर दिदा अटोरेक्सामा सवार रहेका वलीको घटना स्थलमै मृत्यु भएको पथ्थरकोट प्रहरीले जनाएको छ। घाइतेको ४ नम्बर सामुदायीक अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here