२ वटा टाउको भएको शिशुको जन्मिएको एक घण्टामै मृत्यु

0
473

धनुषा,

जनकपुरमा २ वटा टाउको भएको बच्चाको जन्म भएको छ । सिरहाको कर्जन्हा नगरपालिका बल्टिया घर भएकी २५ वर्षीय सविता वैद्यले बिहीबार २ बजे जनकपुरको मिहिलाल अस्पतालमा २ वटा टाउको भएको शिशु जन्माउनु भएको हो ।

६ महिनाकी गर्वभती सवितालाई सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गराइएको थियो । उहाँको शल्यक्रिया गरी २ वटा टाउको भएको शिशु निकालिएको अस्पतालका प्रमुख रामबाबु यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार सविताको स्वास्थ्य अवस्था समान्य छ । तर शिशुको भने जन्मिएको १ घण्टापछि नै ज्यान गएको छ । एउटै शरीरमा २ वटा टाउको भएकाले शिशुलाई बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् ।- उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here