डुवेर झापामा दुई जनाको मृत्यु

0
1376

बिर्तामोड ।

झापाका दुई अलग–अलग स्थानमा पानीमा डुवेर शुक्रबार २ जनाको मृत्यु भएको छ ।  मेचीनगर १३ स्थित भित्री सडकको खाल्टोको पानीमा डुवेको अवस्थामा युवकको शव फेला परेको छ भने गौरिगञ्जमा गेउरिया खोलामा डुवेर अर्का एक वालकको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका १३ सिमसार क्षेत्रमा चाराली चन्द्रगढी भित्री सडक किनारमा ३५ वर्ष उमेरको अपरिचित युवकको शव फेला परेको हो । सडक पेटीको नालामा स्थानीयबासीले शव देखेपछी प्रहरीलाई खवर गरेका थिए । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टमका लागि मेची अंचल अस्पताल भद्रपुर लगिएको ईलाका प्रहरी कार्यलय धुलावारीले जनाएको छ । यता ,भारत फुलबरीया घर भई गौरीगंज गाउपालिका वडा नम्वर ६ तिनटोलीया मामा घरमा बस्दै आएको ६ वर्षीय बालकको स्थानिय गेउरिया खोलामा डुवेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यलय गौरिगञ्जका अनुसार बिष्णु महतोको छोरा आकाश महतो गेउरीया खोलामा डुवेर मृत्यु भएको हो ।

पानीमा डुवेको स्थानियले देखे लगत्तै बालकको उद्धार भएको प्रहरीले जनाएको छ । डुवेर गम्भिर घाईते परेका बालकको उपचारको लागि दमकको लाईफ लाईन अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here