नेपाल पत्रकार महासङ्घद्वारा दीक्षितको निधनप्रति दुःख व्यक्त

0
378

काठमाडौँ,

नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार एवं साहित्यकार मदनमणि दीक्षितको निधनको खबरले स्तब्ध भएको उल्लेख गर्दै दुःख व्यक्त गरेको छ । महासङ्घले आज एक शोक विज्ञप्तिमार्फत वरिष्ठ पत्रकार दीक्षितको योगदानप्रति उच्च कदर र सम्मान प्रकट गर्दै उहाँको दुःखद निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेको हो ।

महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उहाँको निधनबाट शोक सन्तप्त परिवारजन र शुभेच्छुकहरुमा हार्दिक समवेदना व्यक्त गरिएको छ । दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको हो ।

विसं १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा जन्मनुभएका दीक्षितले नेपाली पत्रकारिता र साहित्यको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु भएको महासङ्घले जनाएको छ । उहाँले लामो समय समीक्षा साप्ताहिक लगायतका पत्रिका सम्पादन गर्नुभएको थियो ।विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखनमा समेत सक्रिय दीक्षितका ४६ वटा पुस्तक प्रकाशित छन् ।

उहाँले मदन पुरस्कार, साझा पुरस्कारलगायत दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । उहाँको निधनले नेपाली सञ्चार क्षेत्रले एक अनुभवी र अग्रज पत्रकार गुमाएको र नेपाली साहित्य क्षेत्रले एउटा मूर्धन्य साहित्य सेवी गुमाएको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here