दुई बालिकामाथि यौन शोषण, वडा सचिव पक्राउ

0
545

झापा।

खसीको मासु लिएर आउँदै गरेका बेला मोरङको लेटाङमा एक बालिका बलात्कारको शिकार भएकी छन् ।
मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । मासु लिएर आउँदै गरेका बेला लेटाङ–८ घर भएकी बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ । प्रहरीले बलात्कार आरोपमा ४६ वर्षीय तीर्थबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

कार्कीले बालिकालाई आफ्नै घरभित्र लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घरमा श्रीमती नभएको मौका छोपेर मासु बोकेर आउँदै गरेकी बालिकालाई कार्कीले आफ्नो घरभित्र लगेर बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए । कार्कीले बलात्कार गरेको कोही कसैलाई सुनाएमा मारिदिने धम्की दिएको प्रहरीलाई बताएकी छन् ।

पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि बिराटनगरको कोशी अस्पताल ल्याइएको छ । अभिभावकले किटानी जाहेरी दिएपछि कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए ।

उता लेटाङ–५ खेरुवामा पढ्नका लागि स्कुल जाँदै गरेकी एक बालिकामाथि बलात्कारको प्रयास भएको छ । १४ वर्षीया बालिकामाथि लेटाङ–४का २५ वर्षीय राजु दमाईले बलात्कार प्रयास गरेको डीएसपी थापाले जानकारी दिए । स्कुल जाने क्रममा बाटोमा पछाडिबाट मुख थुनेर दमाईले जवरजस्ती गर्न खोजेको बालिकाले सुनाएपछि अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले उनलाई पनि पक्राउ गरेको छ ।

त्यस्तै बारामा शौच गर्न घर बाहिर निस्केकी एक महिला गत आइतबार राति बलात्कारको शिकार भएको घटना सर्वजनिक भएको छ । देवताल गाउँपालिका–६ का वडासचिव बलिराम मण्डललाई ती महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

घरबाट निस्केर गाउँ बाहिर शौच गर्न जाँदै गर्दा मण्डलले ती महिलालाई नजिकै रहेको उखुबारीमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । वडासचिव मण्डलले ती महिलालाई जबर्जस्ती करणी गरेको जानकारी पाए लगत्तै प्रहरीले मण्डललाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here