शनिश्चरे माविको सदनस्तरिय प्रतियोगितामा मकालु सदन प्रथम

0
807

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको ७२औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न विधाको सदनस्तरिय प्रतियेगितामा मकालु सदन प्रथम भएको छ ।

खेलकुद, साहित्य र सांस्कृतिक विधाको विभिन्न प्रतियोगितामा जम्मा १२९ वटा मेडलसहित मकालु सदन प्रथम भएको शिक्षक रुद्र खतिवडाले जानकारी दिए ।

त्यसैगरि जम्मा ६९ वटा मेडलसहित कञ्चनजंगा सदन द्धितीय र ३८ वटा मेडलसहित अन्नपूर्ण सदन तृतीय भएको छ । गत बुधबार प्रदेश नं.१का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले उद्घाटन गर्दै सुरु भएको वार्षिकोत्स्व शुक्रबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा सबै विधाका प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रधानाध्यापक चेतामणी खनाल, प्रावि इञ्चार्ज सरोज काफ्ले, शिक्षक किशोर खपाङ्गीलगायतले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

त्यसैगरी वार्षिकोत्सव सम्पन्न गर्न विशेष सहयोग पु¥याउने शिक्षकहरु जगनाथ विश्वकर्मा, तिलचन अधिकारी, भवानीप्रसाद गौतम र वसन्त भट्टराईलाई विद्यालयकोतर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । सोही कार्यक्रमको अवसरमा उत्कृष्ट स्काउटकोरुपमा भूमिका निर्वाह गर्ने कक्षा–५मा अध्धयनरत् छात्र विवेक शाहलाई पूर्व विद्यार्थी सुरेन राईले एक जोर जुत्ता उपहार प्रदान गरेका थिए ।

वार्षिकोत्सवको अन्तिम दिन सम्पन्न प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमको निर्णायकहरुमा जिवन धिताल, मिनिता काफ्ले र वसन्त भट्टराई रहेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन शिक्षक कपिल तिम्सिना र सांस्कृतिक कार्यक्रमको सञ्चालन एलिजा गड्तौला र डोल्मा शेर्पाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here