कोरोना-फाल्गुनन्द गाउँपालिकाको अनुरोध, घरमै सतर्क भएर वस्न आग्रह

0
942

पाँचथर,

मुलुक लकडाउन भइरहेको हुँदा सतर्क भएर घरमै वस्न फाल्गुनन्द गाउँपालिकाले पालिकावासीलाई अनुरोध गरेको छ । एक घर बाट अर्को घरमा गएर भेला समूहमा बसेर अनावश्यक भीड नगर्न,औषधी उपचार,खाद्य वस्तु खरिद बाहेक विना काम नहिडन पालिका प्रमुख बिर बहादुर कुरुम्बाङले आग्रह गर्नुभयो ।

दिव्यवाणी सित कुराकानी गर्दे उहाँले भन्नुभयो,“सरकारले गरेको लकडाउन लाई सहयोग गर्न पालिकावासीलाई आग्रह गर्दछु ।” पालिकाले खाना बनाउनु अघि,खाना खानु अघि,दिसा पिसाव गरेपछि,फोहोर बस्तु छोएपछि नियमित रुपमा साबुन पानीले मिचिमिचि हात धुने यदि सो नभएमा ह्यान्ड सेनिटाईजरले हात धुन आग्रह गरेको छ ।

ज्वरो खोकी वा श्वास फेर्न कठिनाई भएका जो कोही व्यक्तिहरु तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र अन्य ब्यक्तिहरु त्यस्ता ब्यक्तिको सम्पर्कबाट टाढा रहन आग्रह गरेको छ ।

भिडभाड हुने स्थान जस्तै सभाहल, समारोह,सामाजिक कार्य,मठ,मन्दिर,गुम्बा,चर्च, आदि ठाउँहरुमा नजान,सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको प्रयोग गर्न,अत्यावश्यक काम पर्दा बाहेक अन्य समयमा घर भित्रै बस्न घर भित्र र बाहिर साथै सार्वजनिक स्थलहरुको नियमित सरसफाई गर्न पालिकाले आग्रह गरेको छ ।

यस्तै राँकेमा चाँडै क्वारेन्टाइनको निम्ति ब्यस्थापन गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्रीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here