डाक्टर, नर्सप्रति आभारी छु : बेलायती प्रधानमन्त्री जाेनसन

0
663

काठमाण्डाै,

 

बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले डाक्टर र नर्सप्रति आभार व्यक्त गरेका छन् ।

काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री जाेनसनले उपचारमा खटिएका डाक्टर र नर्सप्रति आभार व्यक्त गरेका हुन् ।प्रधानमन्त्री जाेनसनले नेशनल हेल्थ सर्भिस (एनएचएस) का डाक्टर र नर्सलाई जति धन्यवाद दिए पनि कम हुने बताएका छन् ।

काेराेना सङ्क्रमण देखिएपछि प्रधानमन्त्री जाेनसनकाे लण्डनकाे एक अस्पतालमा उपचार भइरहेकाे छ, केही दिनअघि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएकाे थियाे ।

उनकाे अवस्था सुधार भएकाे बताइए पनि केही दिन उनले काम गर्न नसक्ने भन्दै डाक्टरहरुले आराम गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री जाेनसनकाे अनुपस्थितिमा विदेश मन्त्री डाेमिनिकले कार्यभार सम्हाल्दै आएका छन् ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here