मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

0
542

सुनसरी।

सुनसरीको धरान उप–महानगरपालिका–१८ दुर्गाचोकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आईतवार बेलुका पौने ७ बजेको समयमा को ३४ प १०३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक धरान–१६ का २४ बर्षीय बिशाल तामाङ घाईते भई उपचारको लागी बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा राती साँढे ८ बजे तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here