सवारी दुर्घटनामा एक जनाको मृत्यु

0
697

ताप्लेजुङ ।

ताप्लेजुङको श्रीजंगा गाउँपालिका–२ मा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आज बिहान सवा ११ बजेको समयमा खादिम्बे तर्फ खाद्यान्न लिन जाँदै गरेको जनमेजय निर्माण सेवा प्रालिको प्रदेश १–०१–००१ त ८२४८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि अन्दाजी सय मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पाँचथरको हिलिहाङ गाउँपालिका ठेगाना भएका २२ बर्षीय निर्मल लामिछानेको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा परी ट्याक्टरका सह–चालक स्थानीय १९ बर्षीय रुद्र पौडेल घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here