सुसाइड नोट लेखेर बालकले गरे आत्महत्या

0
746

काठमाडौँ,

शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।

गोथे तामाङको छोरा १५ वर्षीय सुनबहादुर तामाङले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनु, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको हो ।

आफ्नै घरको दोस्रो तलामा झुण्डिएर आत्महत्या गरेका तामाङको शव सोमबार राति गुपचुपरूपमा जलाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले शव नियन्त्रणमा लिएको थियो ।

बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भन्नुभयो, “जलाउनै लाग्दा शव हामीले नियन्त्रणमा लिएर परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएका छौँ । घटनाको थप अनुसन्धान हँुदैछ ।”

मृतक तामाङले उनका आफ्नै जेठो भिनाजुको स्काभेटरको सहयोगीका रूपमा काम गर्ने गरेका थिए । परिवारमा चार भाइ छोरामध्ये उनी कान्छो हुन् । आत्महत्या गर्नुअघि उनले सोही कोेठाको पलङमा सुसाइड नोट राखेको भेटिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान गर्दै गरेको प्रहरीले शव परीक्षणको रिपोर्ट आएपछि घटनाको थप पहिचान हुने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here