वेलडाँगी र शनिश्चरे शिविरमा रहेका शरणार्थीहरुलाई अमेरिकाको सहयोग

0
924

शान्तिनगर ।

इन्टरनेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अफ अमेरिकाले झापा र मोरङमा रहेको शरणार्थी शिविरमा बसोवास गर्नेहरुलाई राहत सामाग्री तथा औषधि उपचार खर्च उपलब्ध गराएको छ । उक्त सस्थाको आर्थिक सहयोग तथा इन्टरनेशनल होम केयर, अमेरी केयर र गौतम इन्सुरेन्स अमेरिकाको सहयोगमा एक करोड दश लाख रुपैयाँ बरावरको खाद्य सामाग्री र शिविरमा रहेका विरामीलाई आर्थिक सहयोग गरेको हो ।

नेपालका लागि इन्टरनेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अफ अमेरिकाका प्रतिनीधि सुरेन सेर्माका अनुसार मोरङ पथरी शनिश्चरे नगरपालिका–१० स्थित पथरी शिविरका १ हजार ५ सय ७० जनालाई करीव १५ लाख ७० हजार रुपैया बरावरको १६ हजार केजी चामल वितरण गरिएको हो ।

त्यस्तै, दमक नगरपालिका– ३ स्थित वेलडाँगी शिविरमा ५ हजार ५ सय ९४ जनालाई ५० लाख १६ हजार रुपैयाँ बरावरको ५० हजार केजी चामल राहत स्वरुप वितरण गरिएको हो । त्यस्तै, दुवै शिविरमा उपचार खर्च नभएर घरैमा बसेका ७७ जना सिकिस्त विरामीलाई जनही १० हजार रुपैयाँको दरले उपचार खर्च दिइएको नेपाली प्रतिनीधि सेर्माले जानकारी गराए । उक्त राहत तथा सहयोग कार्यक्रममा दमक नगरपालिका र पथरी शनिश्चरे नगरपालिकासंगको सहकार्यमा सम्पन्न गरिएको हो ।

त्यस्तै, धरान उपमहानगरपालिकामा रहेको नाङ्गालिक सामुदायि वनमा आश्रय लिएर बसेका सडक वालवालिकालाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । नेपालका लागि आधिकारीक प्रतिनीधि नायक दीलिप रायमाझी, राम बाँनियाँ, भुपाल अधिकारी र सुरेन शेर्मा र इन्टरनेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अफ अमेरिका, इन्टरनेशनल होम केयर, अमेरी केयर र गौतम इन्सुरेन्स अमेरिकाका प्रतिनीधिहरुको उपस्थितिमा सो राहत सामाग्री र आर्थिक सहयोग गरिएको हो ।

चार वटै अमेरिकी सहयोगी संस्थाका २०९ जना सहयोगी दाताहरु उक्त रकम पठाएका थिए । पथ्री शरणार्थी शिविर र वेलडागीँ शिविरमा रहेका ७ हजार १ सय ६४ जनालाई एक महिना पुग्ने राहत सामाग्री वितरण गरिएको हो । एक करोड १० लाख रुपैयाँबाट बाँकी रहेको रकमले शिविर बाहिर रहेका गरिव तथा विपन्न बर्गका मानिसहरुलाई पनि राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने योजना रहेको बताइएको छ । उक्त राहत तथा आर्थिक सहयोग पाएकाहरुले इन्टरनेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारी लगायतको टोलीलाई धन्यवाद ज्ञापन गरे ।

कोरोनाको माहामारीको समयमा मनकारी व्यक्तिहरुले स्थापना गरेको मानवीय सहयोगी संस्थाले दिएको सहयोग रकमले सम्पूर्ण शिविरबासी साथै दिर्घरोगिहरुलाई निकै रातह मिलेको पथरी शिविर सचिव पम्फासिंह राईले बताए । त्यस्तै यो विषम परिस्थितिमा क्याम्पमा यत्रो ठुलो सहयोग गरेको प्रति बेलडाँगी शिविर सचिव कृष्ण बहादुर सुब्बाले आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here