आज फूलपाती

0
930

काठमाडौं, आश्विन २५ । आज फूलपाती, बडादसैंको सातांै दिन आज परम्परागत रुपमा घरघरमा फूलपाती भित्र्याईंदै छ । दुर्गा भवानीको प्रतिमा राखिएको दसैं घरमा पूmलपातीका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, अशोकको फूल भित्र्याउने चलन छ ।
गोरखाबाट धादिङ हुँदै ल्याइएको फूलपाती पनि आजै हनुमानढोका दरबारस्थित दसैं घरमा भित्र्याईंछ । गोरखाबाट एक जना बाहुन र चार जना मगर पुजारीले ल्याएको फूलपातीलाई जमलस्थित जम्लेश्वर महादेव स्थानमा पर्सिएपछि गुरुजीको पल्टन, सेना, सशस्त्र र जनपद प्रहरीको टुकडीले बाजागाजासहित हनुमानढोका पु¥याई जिधिपूर्वक भित्र्याईने परम्परा छ । फूलपातीको साइत आज विहान ९ बजेर ३१ मिनेटमा छ ।
यसैबीच, नवरात्रको सातौं दिन आज कालरात्री भगवतीको पूजा अर्चना पनि गरिंदै छ । गाजल जस्तै चिल्लो र अत्यन्तै कालो वर्णको शरीर भएकी कालरात्री देवीका बिजुली जस्ता चम्किला तीन आँखाबाट सधंै किरण फैलिरहेको हुन्छ भनिन्छ ।