मानव जीवनको सात अस्तित्व

0
1253

हामी सात अस्तित्वले बनेका छौं । यसको लयबद्ध मिलेन भने हामीलाई रोग लाग्छ । प्रकृति पनि आफ्नै लयमा चलिरहेको हुन्छ । सूर्य उदाउँछ, अस्ताउँछ । ग्रह–उपग्रह पनि आफ्नो–आफ्नो ठाउँमा परिक्रमा गरिरहेका छन् । प्रकृति पनि आफ्नो अनुशासनमा चलिरहेको छ । यदि अनुशासनमा नचल्ने हो भने प्रकृतिमा हलचल आउँछ । बाढी–पहिरो, चट्याङ, भूकम्प विभिन्न महामारी देखा पर्छ । मानवजीवनको पनि अस्तित्व छ । जुन अस्तित्वले हामी बनेका छौं । हामी पे्रमले बनेका छौं, यही मान्छेको अस्तित्व हो । अहिलेको समयमा पे्रम, करुणा, दया आत्मियता सेवाको भाव हट्दै गएपछि ऊ भित्रको अस्तित्व पनि संकटमा पर्छ । हामी के–के बाट बनेका छौं ? मान्छेको अस्तित्व के छ ?अहिले हामी सात स्तरमा बनेका छौंं, त्यसबारे चर्चा गरौं ।

शरीरः शुरुमा आँखाले के देख्छौं । आँखा, नाक, मुख, छाला, हड्डी, हात–खुट्टा विभिन्न संरचनाबाट शरीर बनेको छ । शरीर स्वास्थ राख्न शारीरिक व्यायाम गर्छौं । जसले गर्दा शरीर फिट हुने गर्छ । कान–नाक, दिसा–पिसाब, पसिनाबाट विकार पनि निकाल्ने गर्छौं ।

श्वासः श्वास छ जीवन छ, श्वास छैन जीवन पनि छैन । जन्मदा श्वास फे¥यौं अनि रोयौं । श्वास लिनु र छोड्नुको जुन अविधि छ त्यो नै जीवन हो । फोक्सोले पर्याप्त रुपमा अक्सिजन प्रवाह गरिरेको हुँदैन । त्यसकारण हामीले चाहेजति ऊर्जा प्राप्त गर्न सक्दैनौं । मानसिक र भावनात्मक रुपमा थकित भएको अनुभव गर्छौं । श्वास लिँदा छाती फुल्छ र फोक्सोको भाग फैलिन्छ । जसले गर्दा मष्तिष्कसम्म ऊर्जा पुग्छ । आजभोलिको जीवनशैली, खानपान, व्यस्त जीवनले गर्दा फेक्सोको प्रतिरोध क्षमतामा ह्रास आइरहेको छ । सामान्य रुपमा तीस प्रतिशत मात्र हामीले प्रयोग गरिरहेका हुन्छौं ।

जसले दैनिकरुपमा योग, ध्यानको अभ्यास गर्छ त्यो व्यक्तिको फोक्सोकोे क्षमता बढ्छ । फोक्सोको क्षमता बढाउन श्वासबाट सम्भव छ । शरीरमा भएको अस्सी प्रतिशत विकारहरु बाहिर निकाल्न सक्छौं । श्वासलाई नियन्त्रण गर्ने पद्धतिलाई प्राणायाम भनिन्छ जसले श्वासको लयबद्ध सही ठाउँमा ल्याउने गर्छ । हामीले श्वास त फेरिरहेका हुन्छौं, तर श्वासप्रति सजक हँुदैनौं । आँखा बन्द गरेर हेर्ने हो भने हाम्रो मन तुरुन्त शान्त हुन्छ । खुशी, आनन्द, स्वस्थ शरीर र शान्त मनको लागि योग–ध्यान–प्राणायाम गर्न जरुरी छ । प्रत्येक मानव शरीरभित्र आउने श्वासले ऊर्जा दिन्छ र बाहिर जाने श्वासले विश्राम दिन्छ ।
मनः हाम्रो मन अति चञ्चल छ । स्थिर छैन । कता–कता दौडिरहेको छ । कहिले भूतकालमा, कहिले भविष्यकालमा जान्छ । यो मनको स्वभाव हो । बच्चाहरुलाई हेर्नु त जतिखेर नै हाँसी रहेका हुन्छन् । उनीहरुको अनुहारमा कुनै तनाव हुँदैन । त्यो समयलाई स्वीकार गरेका हुन्छन् । बच्चाहरुको मन भूत र भविष्यमा हुँदैन । उनीहरु वर्तमान समयमा जिउछन् । खुशी, आनन्दित हुन्छन् । जो व्यक्ति समय परिस्थितीलाई स्वीकार गरेर वर्तमानमा जिउछन् वास्तविक खुशी उसले पाउँछ । वर्तमान समयमा जिउन गाह्रो छ । कहिले भूतकालमा कहिले भविष्य कालमा गइरहेको छ । हाम्रो मन पिङ खेले जस्तो हल्लिरहेको छ । योग–ध्यान–प्राणायाम गरेर वर्तमानमा ल्याउन सकिन्छ । जे छ अहिले छ, तत्कालै छ । खुशी–आनन्द–शान्त मन वर्तमानमा छ । समय र परिस्थितिलाई स्वीकार गरेर वर्तमान समयमा जिउने गरौं अनि हाम्रो मन पनि शान्त हुन्छ । हामी पनि खुशी हुन्छौं ।

बुद्धिः बुद्धिलाई अर्को शब्दमा भन्नुपर्दा विवेक पनि भनिन्छ । यो गर्नुहुन्छ, यो गर्नुहुँदैन भनेर छुट्याउँछ । यो गलत हो, यो सही हो भनेर भन्छ । आफ्नो बुद्धिको प्रयोग गरेर हामी सही बाटोमा चल्न सक्छौं । चित्तः चित्तको काम संग्रह गर्नु हो । चित्तले दुख्ने काम गर्छ । कसैले प्याच्च केही नराम्रो बोलिदियो भने दुख्छ । तपाई राम्रो हुनुहुन्छ । स्र्माट हुनुहुन्छ । तपाईले लगाएको कपडा राम्रो छ । तर, तपाईको नाक चाहिँ लामो रहेछ । तपाईको चित्तमा नाक लामो रहेछ भन्ने कुरा बस्छ । चित्तको स्वभाव के छ भने प्रायः गरेर नकारात्मक कुरा चाडो लिने गर्छ । चित्तलाई शुद्धीकरण गर्नलाई शरीर शुद्ध गरेर श्वास, मन, बुद्धिलाई पनि शुद्ध राख्न आवश्यक छ ।

अहंकारः म गर्न सक्छु या गर्न सक्दिन । म यो हूँ । या त कोही पनि होइन भन्ने भाव हो अहंकार । हाम्रो वास्तविक स्वभाव छ त्योदेखि बाहिर जानु हो । हामीभित्र असहजता आउनु हो । शरीर–श्वास–मन–बुद्धि–चित्तलाई लयबद्ध मिलाउन सक्यौं भने हाम्रो अहंकार पनि शून्य हुन्छ र हामी वास्तविक स्वरुपमा फर्किछौं ।

अन्त्यमा आत्माः हाम्रो शरीरले ढाकेको छ । यो एकदमै सूक्ष्म छ । भौतिक शरीर नरहन सक्छ । आत्माजिवीत छ यो अविनाशी छ । जुन चेतनाले बनेका छौं त्यो नै आत्मा हो । शरीर–श्वास–मन–बुद्धि–चित्त–अहंकारलाई लयबद्ध मिल्नु प¥यो । यहीबाट आत्मा बनेको छ । जसबाट मान्छेको अस्तित्व बनेको छ ।

सात स्तरले बनेको हाम्रो जीवनको अस्तित्व छ । यसको तालमेल मिलेन भने हाम्रो शरीरमा रोग लाग्ने गर्छ । स्वास्थ भई जीवन जीउनका लागि हाम्रो जीवनको अस्तित्वबारे बुझ्न आवश्यक छ । हाम्रो शरीरमा रोग कहाँबाट आउँछ । शरीर, श्वास, मन, बुद्धि, चित्त, अहंकार र आत्माको लयबद्ध नमिलेर हो । हामी प्रकृतिदेखि बाहिर जान थाल्यौं । जुन स्वभावमा हुनुपर्ने हो त्यसमा बाँचेनौं । यी सातवटै स्तरलाई लयबद्ध मिलाउन सक्यौं भने हामी स्वस्थ जीवन जिउन सक्छौं । हामीलाई रोग लाग्दैन । हाम्रो जीवनको अस्तित्वमा रहेर आफ्नो स्वरुपमा बाँच्न सक्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here