झापामा प्लाज्मा थेरापी बैंक स्थापना

0
979

तुलसीप्रसाद निरौला ,बिर्तामोड  । नेपालमा कोरोना भाइरसको संक्रमण वढीरहेका वेला झापामा प्रदेश नं.१ मै पहिलो प्लाज्मा थेरापी बैंक स्थापना गरिएको छ ।

 

झापासहित प्रदेश नं. १ का १४ जिल्लामा कोरोना भाइरसको संक्रमण वढीरहेका वेला कोरोना भाइरस संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचारका लागि विर्तामोडमा प्लाज्मा थेरापी बैंक स्थापना भएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापा र एकका लागि एक अभियानको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको विर्तामोडस्थित रक्त सञ्चार केन्द्रमा सोमबार प्लाज्मा थेरापी बैंक स्थापना गरिएको हो ।

 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका सभापति लोकराज ढकालको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्लाज्मा थेरापी बैंकको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्लाज्मा थेरापी बैंकको उद्घाटन गर्दै कोरोना भाइरसको संक्रमणबाट गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामीलाई संक्रमणमुक्त स्वस्थ व्यक्तिले रगत दिएर गरिने उपचारका लागि प्लाज्मा संकलन गर्न स्थापना गरिएको प्लाज्मा थेरापी बैंक कोरोना भाइरस संक्रमितको जीवन रक्षाका लागि महत्वपूर्ण रहने बताए ।

उनले विपद् तथा मानवीय सेवाको क्षेत्रमा क्रियाशिल रेडक्रस र सामाजिक कार्यमा क्रियाशिल एकका लागि एक अभियानले कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि गरेको कार्यको प्रसंशा गरेका थिए ।

 

कार्यक्रममा एकका लागि एक अभियानले प्लाज्मा थेरापी बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापालाई ११ लाख रुपैयाँ प्रदान गरेको थियो । एकका लागि एक अभियानले प्लाज्मा थेरापी बैंकका लागि चाहिने सामान्य उपकरण खरिदका लागि उक्त रकम प्रदान गरेको वताइएको छ ।

एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी ,सहसंयोजक विनोद वस्नेतले उक्त रकमको चेक नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका सभापति लोकराज ढकाललाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका सभापति लोकराज ढकालले कोरोना निको भएका व्यक्तिको शरिरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुनाले प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई प्लाज्मा चढाउन झापामा प्रदेश नं.१ मै पहिलो प्लाज्मा थेरापी बैंक स्थापना गरिएको बताए ।

कोरोना संक्रमित व्यक्ति संक्रमण मुक्त भएको १४ दिन पुगेपछि उसले दिने रगतबाट आरबीसी, डब्लुबीसी र प्लेटलेट्स छुट्याएर बाँकी रहेको रगतको अंश अर्थात प्लाज्मा जटिल अवस्थामा आइसियृ वा भेन्टीलेटरमा उपचाररत् कोरोना संक्रमितलाई दिंदा निको हुने सम्भावना धेरै हुने भएकाले एकका लागि एक अभियानको सहकार्यमा प्लाज्मा थेरापी बैंक स्थापना गरिएको बताए ।

प्लाज्माले भाइरसको संक्रमणलाई रोकेर निष्क्रिय पारी रोग प्रतिरोधी क्षमता बढाउने र प्लाज्मा थेरापी गर्न कोरोना संक्रमित भएर निको भएका व्यक्तिहरुको मात्र रगत आवश्यक पर्ने भएकाले प्लाज्मा थेरापी बैंक स्थापना गरिएको उनले बताए ।

कोरोना संक्रमित भएर निको भएका व्यक्तिहरुबाट संकलन गरिएको प्लाज्मा माइनस ४० डिग्री सेल्सियसमा एक वर्षसम्म सुरक्षित राख्न सकिने बताउँदै उनले देशभर कोरोना संक्रमितको संख्या वढेसंगै अस्पतालहरुमा प्लाज्मा थेरापीका लागि प्लाज्माको माग बढेको जानकारी दिए ।

सोही कार्यक्रममा कोरोना संक्रमण भएर निको भएका सशस्त्र प्रहरी निरीक्षक चिरञ्जीवी प्रसाईं, सशस्त्र प्रहरी जवान सञ्जित धमला , रोशन खनाल लगायतले प्लाज्मा दान गरेका थिए । कार्यक्रममा उनीहरुलाई सम्मान समेत गरिएको थियो ।

 

कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले विश्वमा कोरोना भाइरसको संक्रमण वढीरहेको समयमा सरकारले जारी गरेको लकडाउनबाट भोकभोकै वस्न वाध्य गरीव तथा विपन्न वर्गलाई खाद्यान्न वितरण गर्न एकका लागि एक अभियान शुरु गरिएको बताए ।

उनले एकका लागि एक अभियानले खाद्यान्न वितरणदेखि जनस्तरबाट झापामा पीसीआर ल्याब समेत स्थापना गरिएको बताउँदै कोरोना भाइरसको जोखिम न्यूनीकरणसंग सम्बन्धित कुनै काम गर्नु परे एकका लागि एक अभियान तयार रहेको बताए ।

कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले स्वागतसहित अभियानको स्थापना र हालसम्म गरिएका काम बारे प्रकाश पारेका थिए ।
एकका लागि एक अभियानले यसअघि कनकाई नगरपालिका ४ स्थित कोटीहोममा कोरोना भाइरस परीक्षण पिसिआर प्रयोगशाला स्थापना गरेर सरकारलाई बुझाइसकेको बताउँदै उनले कोरोना भाइरस संक्रमित गम्भीर बिरामीका लागि प्लाज्मा थेरापी गर्न प्लाज्मा बैंक स्थापनामो सहयोग गरेको जानकारी दिए ।

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरी वल झापाका प्रहरी उपरिक्षक रमेशकुमार पाण्डे, श्रीनाथ गणका कर्नेल अमरजंग थापा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , चेम्वर्स अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली , नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता खरेल विमली ,नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई , रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई , विर्तामोड नगरपालिकाका कोभिड संयोजक ओम खड्का , नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भीम नेम्वाङ , उपाध्यक्ष एकराज गिरी , सहसचिव केशव भट्टराई , उर्मिला खरेल , वीरु दर्नाल , वीरता जेसीजका महासचिव विकाश वस्नेत , मिकी कार्की , सञ्चारकर्मीहरु विनोद पाण्डे , हिमाल खरेल , अर्जुन राजवंशी , सन्तोष न्यौपाने, राजेन्द्र गौतमलगायतको सहभागिता रहेको थियो ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटीका प्रदेश कोषाध्यक्ष ओमप्रकाश गौतम , नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा झापाका कोषाध्यक्ष हेम खड्का , उपमन्त्री विश्व थापा , मेहरमान विष्ट , बिर्तामोड उपशाखा सभापति सजेश शिवाकोटी , सदस्य गोवेन धिमाल , याम कार्की , रक्तदान संयोजक ओमप्रकाश लुईंटेल , रणदेव हजामलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका मन्त्री चन्द्रप्रसाद चुडालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here