२०७७ असोज २३ गते शुक्रबारको राशिफल

0
401

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

पहिलेको संकल्प पूरा गर्ने समय छ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । मेहनतले सम्मानित स्थान दिलाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । काममा राम्रो शुरुवात हुनाले सोचेको नतिजा हातलागी हुनेछ । शुभचिन्तकहरूको साथ, सहयोग जुट्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । कर्जा बढे पनि धन प्राप्त हुनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

श्रमको उचित मूल्य पाइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । सापटी रकम फिर्ता लिन मुस्किल पर्नेछ । उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ने हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here