२०७७ असोज २६ गते सोमबारको राशिफल

0
716

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

किर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुची बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

व्यस्तता बढ्नाले शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहो¥याउनुपर्ने स्थिति आउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । काममा केही चुनौति देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

गोप्य रहस्य पत्ता लाग्नेछ भने मेहनत गर्दा नसोचेको धन लाभ हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

परिस्थिति अनुकूल रहे पनि धनमाल हराउने डरले सताउन सक्छ । निम्तो आए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

भौतिक सुविधाको सोखले खर्च निम्त्याउन सक्छ । बोली– व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

स्वास्थ्य प्रतिकूल रहे पनि समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रयत्न गर्दा भइपरी आउने समस्या सुल्झाउन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here