विर्तामोड र काँकरभिट्टाको नेपाल बैंक लिमिटेड पुगेर राजस्व बुझाउनु पर्ने बाँध्यताको अन्त्य

0
613

मेचीनगर ।

झापाको मेचीनगरमा सोमबार व्यवसायी र कर कार्यालयबीच प्रशिक्षणमुलक अन्तरक्रिया भएको छ । मेची चेम्बर अफ कमर्सको पहलमा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भद्रपुरले कर सम्बन्धि तथा व्यवसाय सञ्चालनका क्रममा आइपर्ने समस्या र चूनौती अनि त्यसको समाधानका बारेमा प्रशिक्षण प्रदान गरेको थियो ।

चेम्बरसँग मिलेर आन्तरिक राजस्व कार्यालयले धुलावारीमा सम्पन्न गरेको घुम्ती दर्ता शिविर तथा कर शिक्षा कार्यक्रममा मार्फत मेचीनगरक्षेत्रका ५२ जना व्यवसायीले नयाँ पान नम्बर लिइएका छन् । साना र खुद्रा कपडा, किराना, पार्लर होटलव्यवसायीले पान नम्बर लिएका हुन् । यसैगरी अब उप्रान्त धुलावारी क्षेत्रका करदाताले विर्तामोड र काँकरभिट्टाको नेपाल बैंक लिमिटेड पुगेर राजस्व बुझाउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

यस अघि धुलावारी क्षेत्रका करदाताले विर्तामोड र काँकरभिट्टाको नेपाल बैंक लिमिटेड पुगेर राजस्व बुझाउनु पथ्र्यो । धुलावारीस्थित नेपाल बैंक लिमिटेडले अबदेखि सरकारी कर तथा राजस्व बुझ्ने भएको मेची चेम्बर अफ कर्मसका अध्यक्ष ललितकुमार बाहोराले जानकारी दिनुभयो । आन्तरिक राजस्व कार्यालय भद्रपुर र मेची चेम्बर अफ कमर्सको पहलमा बैंकको व्यवस्थापन समूहसँग कुराकानी गरी राजस्व बुझ्ने व्यवस्था मिलाइएको हो । प्रमुख कर अधिकृत युवराज श्रेष्ठ र चेम्बरका अध्यक्ष ललितकुमार बोहोरासहितको टोलीले बैंकका प्रबन्धक कृष्ण नेपालसँग भेटेर व्यवसायीको समस्याका बारेमा जानकारी गराएको थियो ।

‘यस अघि धुलावारी क्षेत्रका करदाताले विर्तामोडको १० किलो मिटर वा काँकरभिट्टाको ७ किलो मिटरको दुरीमा रहेको नेपाल बैंक लिमिटेड पुगेर राजस्व बुझाउनु पथ्र्यो’ एकजना व्यवसायीले भने— ‘अब यो समस्याबाट मुक्त भईयो । ’मुलुककै पुरानो बजारको रुपमा रहेको धुलावारीमा नेपाल बैंक लिमिटेडको स्थापना भएको दशकौं भइसके तापनि त्यहाँबाट राजस्व जम्मा हुने व्यवस्था थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here