साहित्य चौतारीद्वारा वरिष्ठ लोकगायक जोशीलाई लोकसम्राटको उपाधि प्रदान

२७ माघ २०७७, मंगलवार मा प्रकाशित

तुलसीप्रसाद निरौला,बिर्तामोड । 

साहित्य चौतारी झापाले वरिष्ठ लोकगायक एलपी जोशीलाई लोकसम्राटको उपाधि प्रदान गरेको छ ।

होटल हिकोला हेरिटेज शाखा काँकरभिट्टाको प्रथम वार्षिकोत्सवको अवसर पारेर बिर्तामोडस्थित होटल हिकोला हेरिटेजमा भएको वरिष्ठ लोकगायक एलपी जोशीको एकल गायन कार्यक्रममा वरिष्ठ लोकगायक जोशीलाई लोकसम्राटको उपाधि प्रदान गरिएको हो ।

साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले लोक संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याए वापत वरिष्ठ लोकगायक एलपी जोशीलाई लोकसम्राटको उपाधि प्रदान गरेको बताउँदै लोकगीत, संस्कृतिका अग्रजहरु राष्ट्रका सम्पत्ति भएकाले त्यस्ता प्रतिभालाई हरेक क्षेत्रले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

 

साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा ख्याती प्राप्त गायक तथा संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष विमला चिमरियाले स्वागत गरेकी थिइन् ।

साहित्य चौतारी झापाका सल्लाहकार कृष्ण पौडेलले वरिष्ठ लोकगायक एलपी जोशीको जीवनी प्रस्तुत गरेको कार्यक्रममा वरिष्ठ लोकगायक जोशीले ‘रिटिङ रिटिङ नबजाउ बिनायो,’ ‘वल्लो खोलो पल्लो खोलो’ ‘उकाली ज्यानको चप्लेटी ढुंगा ’‘खिपीमा खिपी ’ लगायतका आधा दर्जन गीत गाएका थिए । मादल, तवला, सारङ्गी, किवोर्डको तालमा उनले गाएको गीतमा सहभागीले नृत्य गरेर मनोरञ्जन लिएका थिए ।

त्यस्तै गायक तथा संगीतकार जीवन अधिकारी , साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष शिवशंकर थापा,संस्थापक /संरक्षक देवीभक्त श्रेष्ठ, जीवन धिताल, युवराज पोर्तेल, मनिका चुडाल, पुजन प्रधान, प्रज्ञा प्रधान, सफल थापा, सुमन निरौलालगायतले वरिष्ठ लोकगायक जोशीका गीत गाएका थिए ।

कार्यक्रममा वरिष्ठ लोकगायक जोशीलाई साहित्य चौतारी झापाका संस्थापक /संरक्षक देवीभक्त श्रेष्ठ,संरक्षिका उर्मिला विमली श्रेष्ठलगायतले टोपी , खादा ,मायाको चिनो ,नगदले सम्मान गरेका थिए ।

कार्यक्रममा प्राज्ञ सुभद्रा भट्टराईले साहित्य चौतारी झापाले वरिष्ठ लोकगायक जोशीलाई लोकसम्राटको उपाधि प्रदान गरेर जीउँदो इतिहासको सम्मान गरेको बताइन् ।

त्यस्तै साहित्य चौतारी झापाका संस्थापक संरक्षक श्रेष्ठले साहित्य संगीत ,कला ,संस्कृति र पर्यटन, प्रवद्र्धनमा साहित्य चौतारी झापाले खेलेको भूमिकाको चर्चा गर्दै आफ्ना छोरा गौरव श्रेष्ठको जन्मदिन पारेर होटल हिकोला हेरिटेज शाखा काँकरभिट्टा सञ्चालनमा ल्याएको बताए ।

कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाकी सचिव खगेन्द्रा खुशीले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here