बिर्तामोड ।

पछिल्लो समय झापा चलचित्र छायाँङकनको हट स्पर्ट बन्दै गएको छ । एक महिनाको अन्तरमा ठुलो पर्दाको २ वटा चलचित्रहरुको छायाँङकन सम्पन्न भई सकेको छ ।
सोमबारबाट झापाको अर्जुनधारा वडा नं ६मा ,जो हास्छ उ धेरै बाच्छं नामक हास्य टेली सिरीयलको छायाङकन शूरु भएको हो ।
द मानस क्रिएसन प्रा.लि.को ब्याँनरमा सो टेली सिरीयल छायाँङकनको शुभ मुर्रत गरीएको छ । हरेक महिनाको शनिबार सो टेली सिरीयल प्रसारण हुने छ । टेली श्रृङखलाको प्रस्तुत कर्ता केशव वैरागी माइलो रहेका छन । त्यसै गरी टेली श्रृङखलाको निर्देशन हिमाली लिङदेनले गरेकी छिन ।
टेली श्रृङखलामा संगित विकास चौधरी,कथा तथा पटकथा बिरु गुरुङ,सम्पादन तिलक रिजाल,गित केशव वैरागी माईलो,निर्माता धर्मेन्द्र तिम्सिना र छायाँङकन विक्रम डिसीले गरेका छन् ।
टेली चलचित्रमा विक्रम धिमाल,कृष्ण तामाङ,मौसम भटटई,निसा आचार्य,रेनु भटटई,दिप्सन पौड्याल,माहाँ प्रसाद कोईराला,गजेन्द्र तामाङ आदी कलाकारहरु रहेका छन । हास्य प्रदान टेली चलचित्रमा नेपाली समाजमा घटेका घट्नाहरुलाई हास्य व्याङग्यका मार्फत प्रस्तुत गरीने छ ।
टेली चलचित्रमा अन्य राष्ट्यि रुपमा ख्याती कमाएका कलाकारहरुको समेत प्रस्तुती रहने कलाकार भुपेन्द्र लिङदेन मन्त्रीले बताए । चलचित्रको शुभ मुर्रत अर्जुनधारा नगरपालीकाका खलकुद बिकास समिती संयोजक अर्जुन मेचेले गरेका थिए ।


























